Skip to main content

संसद् विकास कोषको रकम विनियोजन गर्दा विभेद नहोस्’

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्का सभामुख सुवास नेम्वाङले संसद् विकास कोषलगायतमा बजेट विनियोजन गर्दा निर्वाचित, समानुपातिक र मनोनीतबीच कुनै विभेद हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दल सम्बद्ध समानुपातिक र मनोनीत सांसदहरुले आज संविधानसभा भवन नयाँ बानेश्वरमा बुझाउनुभएको तीनबुँदे ध्यानाकर्षणपत्र ग्रहण गर्दै उहाँले भन्नुभयो – ‘‘बजेट विनियोजन हुँदा विभेद हुन्छ कि भनेर पटक्कै चिन्ता नगर्न, ढुक्क भएर संविधान लेखन र भूकम्पपछिको पुनःनिर्माणको कार्यमा लाग्न म अनुरोध गर्दछु ।’’ व्यवस्थापिकामा प्रतिनिधित्व गर्ने सांसद आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरेर आउनुभएकाले सबैको समान हैसियत रहेको बताउँदै उहाँले अन्तरिम संविधान, २०६३ ले विभेद र असमानतालाई चिन्दैन भन्नुभयो । उहाँले भन्नुभयो – ‘‘प्रत्यक्ष, समानुपातिक र मनोनीत भनेर भिन्नता गर्न मिल्दैन, सबै बराबर हुन् । मुलुकलाई अप्ठ्यारो परेका बेलामा निर्वाचित र मनोनीत भनेर प्रश्न उठाउनु आफैँमा बेठिक हो ।’’ ध्यानाकर्षणपत्र बुझाउँदै सांसदहरुले निर्वाचन क्षेत्र विकास पूर्वाधार विशेष कार्यक्रममा प्रत्यक्ष निर्वाचित सभासद्को हैसियतमा रु एक करोड रकम परिचालन गर्ने अधिकार दिएजस्तै समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरुको पनि समान व्यवस्था मिलाउन माग गर्नुभएको थियो । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन कार्यालयअन्तर्गत रु पाँच करोडको बहुवर्षीय वा पञ्चवर्षीय योजना छनोट गर्ने अधिकार प्रत्यक्ष निर्वाचित सभासद्लाई दिएकामा आफूहरुलाई पनि त्यस्तो व्यवस्था मिलाइदिन उहाँहरुले आग्रह गर्नुभएको छ । नेपालको अन्तरिम संविधान, २०६३ ले जुनसुकै निर्वाचन प्रणालीबाट निर्वाचित भएको भए पनि कुनै विभेद नगरेकाले सरकारले पनि विभेदपूर्ण व्यवहार नगरोस् भन्ने अनुरोध उहाँहरुले गर्नुभएको छ । व्यवस्थापिकामा हाल २४० प्रत्यक्ष निर्वाचित, ३३५ समानुपातिक र २६ जना मनोनीत हुने व्यवस्था रहेको छ । सांसदहरुले सभामुखमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएका हुन् । सो ध्यानाकर्षणपत्रमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराईलगायतले समर्थन गर्नुभएको छ भने सो पार्टीका सांसद र अन्य दल सम्बद्ध समानुपातिक र मनोनीत गरी कुल १४५ जना सांसदले हस्ताक्षर गर्नुभएको छ । रासस

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।