प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासकीय स्वरुप नै उपयुक्त : नेता भट्टराई‘हामीले संकीर्णता, जडता र यान्त्रिकता छोड्न सक्नुपर्छ’ काठमाडौं, २७ असार । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासकीय स्वरुपको व्यवस्था गर्नु नै उपयुक्त हुने बताउनुभएको छ । काठमाडौंमा अखिल (क्रान्तिकारी)ले आयोजना गरेको राजनीतिक प्रशिक्षण कार्यक्रममा नेता भट्टराईले भन्नुभयो – ‘जनतालाई परिवर्तनको प्रत्याभुति गराउनको निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था गर्नु उपयुक्त हुन्छ ।’ उहाँले अहिले संविधानको मस्यौदा जनताको बीचमा गएकाले यो बीचमा जनमत सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘शासकीय स्वरुपको विषयमा सकेसम्म सच्याउनु बुद्धिमानी हुन्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति, नभए प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भए पनि व्यवस्था गर्नुपर्छ ।’ संघीयताको विषयलाई पनि सीमांकनसहित अहिले नै टुंग्याएर जानु उपयुक्त हुने उहाँले बताउनुभयो । आफूहरुले सीमांकनसहितकै संघीयता खोजेको स्पष्ट पार्दै उहाँले अहिले सबैतिरबाट सीमांकनसहितकै संघीयताको लागि सुझाव आइरहेकोले पार्टीले त्यसमा पहल लिनुपर्ने बताउनुभयो । संविधानसभाबाट नै सीमांकनसहित संघीयताको टुंगो लगाउन अन्तिमसम्म पहल गर्नुपर्ने पनि उहाँले बताउनुभयो । पार्टीको सन्दर्भमा उहाँले गत २०७१ मंसिर २८ गते केन्द्रीय समितिमा प्रस्तुत गरिएको प्रस्तावमाथि छलफल गरेर नयाँ विचार, नयाँ रणनीतिक र कार्यनीतिक शृङ्खलाको विकास गर्नु पर्ने बताउनुभयो । पार्टी अब पुरानै हिसाबले अघि बढ्न नसक्ने बताउँदै उहाँले नयाँ युगका निम्ति नयाँ विचार र राजनीतिक कार्यदिशाको विकास गरेर त्यसलाई लागू गर्न सक्ने नयाँ संगठन र नेतृत्वको विकास गर्नुपर्ने पनि बताउनुभयो । अहिले पार्टीका धेरै नेता–कार्यकर्तामा कम्युनिष्ट आचरण र शैली हराउँदै गएको उल्लेख गर्दै उहाँले नयाँ आचरण र कार्यशैलीको प्रश्नको पनि हल खोज्नुपर्ने बताउनुभयो । बहस, अध्ययन र अनुसन्धानलाई अघि बढाउने कुरामा कम्युनिष्ट आन्दोलनमा अल्छीपना हावी भएका कारणले कम्युनिष्ट आन्दोलन नै शिथिल बनेको नेता भट्टराईले बताउनुभयो । ‘हाम्रो परम्परा त्यति सुखद् छैन । सबैभन्दा उन्नत विचार राख्ने हामी कम्युनिष्टहरु नै यति असहिष्णु, यति संकीर्ण, यति यान्त्रिक हुन्छौं कि विज्ञानका नियमहरुलाई उद्घाटित गर्ने कुरा, समाजका अन्तरविरोधको पहिचान गर्दै त्यसलाई हल गर्दै अघि बढ्ने कुरा र आगामी दिनको बाटो निर्माण गर्ने कुराले जुन नयाँ सोंच, चिन्तनको माग गर्छ त्यसबाट हामी भाग्छौं । हामी संलग्न हुँदैनौं, अरु हुन खोज्यो भने पहिले नै त्यसको नियतमाथि प्रश्न गरेर अरुलाई पनि दुरुत्साहित गर्छौं । आफू त त्यहाँ प्रवेश गर्नै चाहँदैनौं । यस्तो अल्छी प्रवृत्ति छ । बहसमा प्रवेश नगरिकन, अध्ययन र अनुसन्धान नगरिकन, समस्याको चुरो नपहिल्याइकन, अन्तरविरोधलाई हल गर्ने उपाय नखोजिकन, कुरा काट्ने प्रवृत्ति हामी कम्युनिष्टहरुमा पनि केही समयदेखि हावी रह्यो । त्यसैले गर्दाखेरि नै हामी पूँजीवादसँग हारिराखेका छौं ।’ ‘२०औं शताब्दीको मध्यसम्म कम्युनिष्टहरुको उचाइको अवस्था थियो । पछिल्लो चरणमा पूँजीवादले जसरी श्रेष्ठता हासिल गरेको छ, ज्ञान र विज्ञानको पछिल्ला आविष्कारहरुमाथि एकाधिकार जमाएर उसले जसरी आफ्नो प्रणालीलाई स्थायीत्व दिँदै गइराखेको छ, त्यति ठूलो अन्तरविरोधहरुलाई हल गर्दै गइराखेको छ तर हामी कम्युष्टिहरुले आफ्नै चिन्तनको संकीर्णता, जडता र यान्त्रिकताको कारणले गर्दा ज्ञान र विज्ञानलाई अगाडि बढाउन सकेनौं, हामी पछाडि परिराखेका छौं’, उहाँले भन्नुभयो – ‘हाम्रै माओवादी आन्दोलन पनि उचाइमा पुगेर ओरालो लागिराखेको जुन अवस्था छ त्यसको पछाडिको कारण हाम्रो यही अल्छी प्रवृत्ति, आफू पनि काम नगर्ने, आफू पनि नसोच्ने, आफू पनि समाधान नखोज्ने अनि कसैले हल खोज्न खोज्यो भने त्यसको खुट्टा तान्ने र त्यसलाई दुरुत्साहित गरिदिने प्रवृत्ति हो । हामीले यो प्रवृत्ति छोड्नुपर्छ । तब मात्रै ज्ञान र विज्ञानको ढोका खुल्छ, सत्यको अनुसन्धान हुन्छ, अहिलेका समस्याका गाँठा खुल्छन् ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

Comments
Post a Comment