Skip to main content

बढ्यो ‘अमेरिका लाने’ धन्दा

काठमाडौ, श्रावण २ - महाभूकम्पलगत्तै अमेरिकाले नेपालीलाई ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस)’ घोषणा गर्‍यो । सन् २०१६ डिसेम्बरसम्म लागू हुने टीपीएस यस्तो सुविधा हो, भिसाबिनै पुगेका वा बसेका नेपालीले श्रम इजाजत पाउनेछन् । उनीहरूलाई स्थायी बसोबास (ग्रिन कार्ड) को आवेदन दिन मौकासमेत दिइनेछ । अमेरिका जाने सिलसिलामा अवैध रूपमा कोलम्बियाको राजधानी बोगोटा पुगेका नेपालीसहित विभिन्न मुलुकका व्यक्तिसँग बयान लिन अध्यागमनका कर्मचारी (मास्क लगाएका) लाई सघाउँदै छत्रबहादुर मैनाली । नेपाली वा हिन्दी मात्र बोल्नेसँग बयान लिन गाह्रो परेका अवस्थामा अध्यागमनल यसैलाई भजाउँदै ‘अमेरिका लगिदिन्छु’ भनेर कुनै दलालले तपाईंसँग पैसा झारिसकेको त छैन नि ? छैन भने, ठीकै छ । नत्र सावधान रहनुहोस्, यो धन्दा मौलाइसकेको छ । ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा यो साता मात्र तीन जना नेपाली पुर्‍याइए । त्यहीं घरजमसहित व्यवसाय गर्दै आएका सिन्धुलीका छत्रबहादुर मैनालीका अनुसार राजधानी बोगोटाको रियल स्टार होटलमा उनीहरूलाई राखिएको थियो । उनीहरू बाँके, दाङ र रूपन्देहीका हुन् । बैंककबाट मलेसिया, त्यहाँबाट दुबई हुँदै अलमल्याइँदै ल्याइएका उनीहरूसँग ब्राजिल र क्युवासम्मको भिसा छ । ‘उनीहरूले एजेन्टको नामचाहिँ भन्न मानेनन्,’ मैनालीले टेलिफोनमा सुनाए, ‘तर, त्यही व्यक्तिले थप २५ जनालाई लैजान काठमाडौंमा पैसा उठाइसकेको र सय जनाका लागि अन्तर्वार्ता लिइरहेको बताए ।’ उनीहरू एजेन्टलाई ३० लाख रुपैयाँका दरले तिरेर उडेका थिए । त्यो समूह बिहीबार पैदलमार्गबाट अमेरिकातर्फ लागेको छ । उनका अनुसार महाभूकम्पपछि कोलम्बिया हुँदै सयभन्दा बढी नेपाली पार भइसकेका छन् । ‘एकै दिन १८ जना आएका थिए,’ उनले भने, ‘नेपालीको चहलपहल निकै बढेको छ ।’ अवैध रूपमा अमेरिका छिर्ने पछिल्लोपल्ट प्रचलित उक्त रुटलाई नेपाली, भारतीय, चिनियाँ, पाकिस्तानी, बंगाली, भुटानीलगायत एसियाली मात्र होइन, अफ्रिकी र मध्यपूर्वका धेरै मुलुकका बासिन्दाले प्रयोग गर्छन् । ‘नेपाली थोरै मात्रामा जान्थे,’ उनले भने, ‘एक/दुई महिनायता सबैभन्दा बढी नेपाली गएको देखिन्छ । दलालले मिलाएर लैजानुपर्ने भएकाले अमेरिका जान हिँडेका व्यक्तिहरू कम्तीमा एक सातादेखि केही महिनासम्म बोगोटामा अडकिन्छन् । रेस्टुराँ चलाएर बसेका मैनालीसँग प्राय: नेपालीको भेट हुन्छ । अध्यागमन विभागलाई भने यस्तो तस्करी नियन्त्रण गर्न हम्मे परिरहेको छ । ‘दक्षिण अमेरिकी अधिकांश मुलुकमा अनअराइभल भिसा छ । त्यही सुविधा उपयोग गर्दै दलालले तस्करी बढाइरहेका छन्’, विभागका महानिर्देशक केदार न्यौपानेले भने, ‘शंका लागे सकेसम्म रोक्ने गरिएको छ । तर, तिनै व्यक्ति भारत गएर उड्छन् ।’ दलाल गाउँ–गाउँमा ‘यो देशमा बस्नै गाह्रो भयो,’ भूकम्पपछिको परिस्थितिलाई इंगित गर्दै केही दिनअघि धादिङका एक शिक्षकले भने, ‘म पनि अमेरिका पो जाँदैछु ।’ कसरी भन्ने प्रश्नमा उनले एउटा एजेन्टलाई ५ लाख रुपैयाँ बुझाइसकेको रहस्य खोले । ‘अहिले गयो भने ग्रिनकार्ड र काम दुवै पाउन सजिलो छ रे,’ उनले दलालले सबैतिर प्रयोग गर्ने भाषा बोले, ‘त्यही भएर छिट्टै जान खोज्दैछु ।’ नाम नखुलाइदिन आग्रह गर्दै उनले भने, ‘कागज आएपछि १५ लाख थप्नुपर्छ भनेको छ । अमेरिका छिरेपछि १० लाख गरेर ३० लाख दिने सर्त छ ।’ हेल्बिटासको सुरक्षित आप्रवासन परियोजनाका धादिङ संयोजक कमल रोकायाले ‘अमेरिका लैजाने धन्दा’ सबैभन्दा ठूलो चुनौती बनेको बताए । ‘अमेरिकाले नेपालीलाई टीपीएस घोषणा गरेपछि गाउँ–गाउँमा दलाल पुगेका छन्,’ उनले भने, ‘तिनले धेरैसँग पैसा उठाउन थालेको खबर पाइएको छ । तर, काम बिग्रिन्छ भनेर कसैले भन्दैन ।’ एक अध्ययनअनुसार अमेरिका लैजान्छु भन्ने ६० प्रतिशतभन्दा बढी ठग हुन्छन् । बेइमानी नगरी लैजान चाहनेमध्ये ६० प्रतिशत असफल हुन्छन् । ‘सबै पारा मिलेर थोरै मात्र पुग्न सक्छन्,’ एक विज्ञले भने, ‘त्यसरी पुगेका व्यक्तिको उदाहरण दिएर, अझ विश्वस्त पार्न ऊसँग फोनमै कुरा गराएर त्यो एजेन्टले फेरि सयौंलाई ठग्न भ्याउँछ ।’ कतिको बाटैमा ज्यान जान्छ सम्पूर्ण खर्च जोड्दा करिब ५० लाख रुपैयाँ तिरेर जाने अमेरिका पुग्न सोचेजस्तो सजिलो छैन । अवैध रूपमा छिर्न चाहनेलाई लैजानेले सुरुमा ब्राजिल पुर्‍याउँछन् । त्यहाँबाट इक्वेडर, कोलम्बिया, पानामा, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको भएर अमेरिका छिराउँछन् । मैनालीका अनुसार सबैभन्दा गाह्रो कोलम्बिया र मेक्सिको कटाउन हुन्छ । ‘ब्राजिल कटेपछि दलालले पासपोर्ट फालेर कागजविहीन पार्न लाउँछन्,’ उनले भने, ‘कोलम्बियाको अध्यागमनमा समातिएपछि अनुसन्धान सुरु हुन्छ । झन्झट लिनुभन्दा यहाँको सरकारले देश छाड्न आदेश दिन्छ । उनीहरूले खोज्ने पनि त्यही हो ।’ मैनालीका अनुसार भाषाको समस्याका कारण बयान लिन उस्तै गाह्रो पर्छ । ‘अध्यागमनका कर्मचारीले आग्रह गरेर नेपाली र भारतीयलाई मैले धेरैपल्ट बयान लिन सघाएको छु,’ उनले भने, ‘बयान प्रक्रिया मात्र हो । तर, कोही पनि यहाँ रोकिँदैनन् ।’ त्यही रुटबाट गएर अमेरिकामा काम गरिरहेका एक नेपालीका आनुसार कोलम्बियाबाट पानामा छिर्ने बेला अध्यागमन छल्दै एजेन्टले डुंगाबाट लैजान्छन् । ‘देशैपिच्छे एजेन्ट फेरिँदै जान्छन् । जंगलैजंगल धेरै हिँड्नुपर्छ । मेक्सिकोभन्दा पहिला आउने देशहरूमा प्राय: ट्रकमा हालेर लैजान्छन् । ट्रकलाई पालले बेर्छन् । सामानजस्तै लुकाएर लैजान्छन् । सबैतिर सेटिङ भएकाले कहीं कसैले रोक्दैन ।’ जंगलमा सर्पले डसेर, डुंगा पल्टिएर, बिरामी छ भने धपेडी भएरजस्ता कारणले बाटामै धेरैको मृत्यु हुने गर्छ । कसैको हत्या हुन्छ । कोही लुटिन्छन् । ‘यही साता डुंगा पल्टिएर १० जना भारतीयको मृत्यु भएको छ,’ मैनालीले भने, ‘तीन महिनाअघि मेडेजिन सहरमा भारतकै एक एजेन्टको हत्या भएको थियो । हरेक वर्ष सयको हाराहारीमा बेवारिसे लास भेटिन्छन् । साथमा कुनै प्रमाण नभएकाले कुन देशको भनेर अनुहारका भरमा अनुमान गर्नुपर्छ । तिनीहरूमा केही नेपाली भएको अनुमान छ ।’ मेक्सिको पार गर्न उस्तै समस्या छ । ‘मरुभूमि वा जंगलैजंगल केही दिन हिँडेपछि सैनिककहाँ आत्मसमर्पण गर्नुपर्छ,’ अमेरिका बस्ने ती नेपालीले भने, ‘बल्ल वकिल लाएर बस्ने पारा मिल्न थाल्छ ।

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।