Skip to main content

बिदेसिने नेपालीको व्यथा ः सहारा नपाउँदाको पीडाले बनायो अस्पतालको बास

(प्रकाश पन्थी) टोकियो (जापान), ३१ असार । बेसहाराको जिन्दगी जीउन कसलाई पो गाह्रो नहोला र ! त्यसमाथि पनि विदेशमा । स्वदेशमै भए पनि सहारा पाउन धेरैलाई हम्महम्मे पर्छ । बाजुराका अर्जुनबहादुर सिंह यस्तैमध्येका एक हुन् । सिंह बेसहारा मात्रै होइनन् नेपालीबाटै पीडित पनि हुन् । विदेशमा अधिकांश जसोलाई त एक मिनेट समय निकाल्नसमेत कठिन हुन्छ । त्यसमाथि पनि जापानमा । यही कठिनाइका कारण सिंहको लगातार अस्पतालको बास भएको छ । पीडितकै भनाइअनुसार मोटो रकम खर्चेर धेरै कमाउने आशमा यहाँ आएका थिए । नेपालमा खाँदै आएको अहेबको जागिर छाडेर बिराने देशमा कमाउने सपना देखेका थिए । तर भाग्यमा अर्कै रहेछ । उनका लागि जापान न त सोचे जस्तो भयो न त देखेजस्तो नै रह्यो । प्रशस्तै पैसा कमाउने आशामा रु १६ लाख खर्चेर सन् २०११ मा जापान आएका सिंह बिदामा नेपाल गएर फर्किदा आफू कार्यरत होटल बिक्री गरी सञ्चालक बेपत्ता भइदिए । त्यसपछि उनले यहाँ आफ्नो एक मात्र सहारा गुमाए । विदेशमा अलपत्र भएका उनी अन्ततः उनी रोगले थलिए र अस्पतालको शरण पुगे । “सहयोगको आशमा नागोयाबाट टोकियो त आए तर सहारा नपाउँदा अलपत्र परेँ,” अस्पतालको श्ययाबाट सासैका भरमा सिंहले भने । जापान प्रहरीले नेपाली राजदूतावासको जिम्मा लगाएपछि यहाँस्थित नेपाली राजदूतावासको अनुरोधमा सिंहलाई एनआरएन जापानको सहयोगमा अस्पताल भर्ना गरिएको थियो । श्रीमती र दुई छोरी भएका सिंह नेपालीबाटै ठगिएको घटना सार्वजनिक भएपछि जापानमा व्यापक सोधखोज भइरह्यो तर केही उपलब्धि हुन नसकेको नेपाली दूतावासले जनाएको छ । ठग्ने र ठगिने नेपाली नै भए पनि पीडितको बोल्न सक्ने अवस्था नरहेका कारण वास्तविकता खुल्न सकेको छैन । एनआरएन जापानका उपाध्यक्ष सुदन थापाले सिंह कार्यरत होटल सञ्चालकले नेपाली भएकै कारण थारै भए पनि सहयोग गर्नुपर्ने बताए । अलपत्र अवस्थामा अस्पताल भर्ना गरिएको पनि दुई साताभन्दा बढी भयो । स्वास्थ्यमा सुधार आएको छैन । रोगले गालेपछि भर्ना भएका कारण उपचारको प्रभाव नदेखिएको भन्दै अस्पतालले नेपालबाट आफन्तलाई बोलाउन आग्रह गर्दै आएको छ । उपचार जारी रहेपनि अवस्था भने दिनप्रतिदिन गम्भीर बन्दै गएको छ । टाउकोमा जमेको पानीको असरले समस्यालाई अरु जटिल बनाएको छ । अस्पतालले तुरुन्त शल्यक्रिया गर्न परिवारको हस्ताक्षर चाहिने भएर शल्यक्रिया रोकिएको जनाएको छ । सिंहलाई प्रारम्भिक चरणमा टोकियो सिटी अस्पतालमा भर्ना गरिए पनि उपचार सम्भव नभएपछि टोकियोकै ठूलो र महँगो अस्पताल नेसनल अस्पताल पठाइएको थियो । टोकियो अस्पतालले एन्टिबायोटिक औषधिको प्रयोग गर्दासमेत सुधार नदेखिएपछि उपचार प्रक्रिया कम्तीमा पनि तीन महिना लम्बिने सङ्केत दिइसकेको छ । सिंह क्षयरोग र मेनेन्जाइटिस रोगबाट सङ्क्रमित छन् । आर्थिक अवस्था कमजोर भएकाले नेपालबाट परिवारजनलाई बोलाउन समय लागेको एनआरएन जापानका उपाध्यक्ष थापाले जानकारी दिनुभयो । यद्यपि जापान आउँदा लाग्ने टिकट र बस्ने व्यवस्थासमेत एनआरएनको पहलमा भइसकेको छ । उपचार गरिरहेको अस्पतालले मानवीय नाताले सिंहको उपचारमा लाग्ने कुनै किसिमको रकम नलिने जनाइसकेको छ । उपचारमा संलग्न जापानी डाक्टरदेखि लगातार रेखदेखमा खटिएका एनआरएन जापानका पदाधिकारी तथा सहयोगीले समेत सिंहको शीघ्र स्वास्थ्यलाभ नै अहिलेको ठूलो विषय भएको बताउँछन् । बिरामी बोल्न नसकेका कारण अस्पतालले अरुसँगको भेटघाट पनि रोकिदिएको छ । जापानमा सिंहको आफन्त कोही चिनिएका छैनन् । यता महिना दिनसम्मको तलबसमेत नदिएर पीडितलाई प्रताडित बनाउने होटल सञ्चालक बागलुङका भक्त शेरचनले अहिलेसम्म कुनै सहयोग गरेका छैनन् । फोन सम्पर्कमा समेत आउन नचाहने शेरचनले सिंहबाट आफूले रु १६ लाख नलिएको बताएका छन् । यद्यपि नागोयामा होटल व्यवसाय गर्दै आएका शेरचनले सिंह जापान आउँदा मोटो रकम खर्च भएको स्वीकार्दै त्यो रकम अर्कैले लिएको बताउँछन् । रकम लिने को र कहाँ बस्छन् भनेर नबताउँदा उनको यो भनाइलाई जापानवासी नेपालीले विश्वास गर्न सकेका छैनन् । एनआरएन सम्बद्ध विभिन्न सङ्घसस्थाले सिंहको स्वास्थ्यमा सुधार आएपछि पीडितलाई न्याय दिलाएरै छाड्ने अठोट व्यक्त गरेका छन् । रासस

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।