Skip to main content
एमाओवादीका शीर्ष नेता आरोप प्रत्यारोपमा
काठमाडौँ, २७ असार । एकीकृत नेकपा(माओवादीका)मा विवाद बढेको चर्चा चलिरहँदा आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक रुपमै सो पार्टीका नेताहरु एकापसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले आज आयोजना गरेको ‘राजनीतिक प्रशिक्षण तथा राष्ट्रिय श्रम अभियानकर्मी सम्मान’ कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा बाबुराम भट्टराईले एकापसमा घोचपेच गर्नुभएको हो । अध्यक्ष दाहालले पार्टी बुर्जुवाकरणतर्फ अग्रसर भइरहेको भन्दै यसले निरन्तरता पाए पार्टी नै विघटन हुनसक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र गुटैगुट बन्ने क्रम चलेको छ, नेतापिच्छे गुट छन्, एउटै जिल्लामा आठ वटासम्म समानान्तर कमिटी छन्, यो कम्युनिष्ट चरित्र होइन, बुर्जुवा चरित्र हो ।” उहाँले नेता भट्टराईतर्फ सङ्केत गर्दै अब समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने, नयाँ पार्टी बनाउनुपर्छ भन्ने तर व्यवहारमा समानान्तर कमिटी गठन गर्ने भन्दै व्यङ्ग गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “हामीबीच कार्यदिशा र कार्यनीतिमा एकमत छ, सोह्रबुँदे पनि ठीक हो भन्ने, विचार सबै एउटै छ, अनि व्यवहारमा मात्रै किन फरक÷फरक गुट बनाउँदै हिँड्ने ?” उहाँले गल्तीको जिम्मा पनि सबै नेताले हैसियतअनुसार लिनुपर्ने बताउँदै दोस्रो, तेस्रो वरियताको नेताले आफ्नो हैसियतअनुसारको जिम्मा लिनुपर्ने भनाइ राख्नुभयो । आफ्नो नेतृत्वमा नै जनयुद्ध सञ्चालन गरी पार्टीलाई यहाँसम्म पु¥याएको स्मरण गर्दै अध्यक्ष दाहालले एउटा कथामा आमा बुढो भएपछि मिल्काउन खोजेजस्तै आफूलाई पनि मिल्काउन खोजेको हो भनी प्रश्न गर्नुभयो । कार्यक्रममा एमाओवादीका वरिष्ठ नेता भट्टराईले पार्टी यही स्थितिमा रहे पार्टीको विघटन निश्चित भएको बताउँदै नयाँ परिस्थितिअनुरुपको पार्टी निर्माण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रचण्ड र बाबुराम मिलेर अँगालो हालेर मात्रै अब पार्टी बच्न सक्दैन, यथास्थितिमा हाम्रो विनाश रोक्न सकिँदैन ।” उहाँले पार्टी रुपान्तरण हुने गरी रणनीति र कार्यनीति ल्याउन आवश्यक रहेको बताउँदै त्यसबाट मात्रै समाजवादतर्फको दिशामा अगाडि बढ्न सकिने धारणा राख्नुभयो । भट्टराईले अध्यक्ष दाहालतर्फ सङ्केत गर्दै भन्नुभयो, “महादेवले सतिदेवीको मरेको लाश बोकर हिँडेजस्तै हिँडेर अब पार्टी अगाडि बढ्न सक्दैन ।” संविधान निर्माणसँगै पुँजीवादी क्रान्तिको कार्यभारलाई संस्थागत गरी मुलुक समाजवादको दिशातर्फ अगाडि बढेको उहाँको भनाइ थियो । सीमाङ्कनसहितको सङ्घीयताको लागि दबाब आवश्यक कार्यक्रममा अध्यक्ष दाहालले सीमाङ्कनसहितको सङ्घीयताकोे लागि दबाबमूलक अभियान सञ्चालन गर्न विद्यार्थीलाई आह्वान गर्नुभयो । उहाँले सीमाङ्कनसहितको सङ्घीयता सम्भव भएको बताउँदै जनस्तरबाट दबाब दिए संवाद समितिको बैठकसम्म आइपुग्दा त्यो विषय टुङ्गिने विश्वास आफूले लिएको बताउनुभयो । आज मात्रै नेकपा(एमाले)का शीर्ष नेतासँगको आफ्नो छलफलमा सीमाङ्कन र नागरिकताको विषय टुङ्ग्याउनुपर्ने बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो पार्टीले जोखिम मोलेरै अहिले संविधान निर्माणको आधार तयार पारेको बताउँदै यो संविधानलाई माओवादी छाप भएको संविधानको रुपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको संविधानसभाबाट पनि संविधान ल्याउन नदिइ दलहरुलाई बदनाम गर्ने र नाती राजा, हिन्दू राज्य बनाउने सम्मका छलफल अगाडि बढेपछि हामीले जोखिम उठाएर सोह्रबुँदे सहमति गरेका हौँ ।” नेता भट्टराईले संविधान जारी हुनुअघि नै सीमाङ्कनसहितको संविधान ल्याउन दबाब सिर्जना आवश्यक रहेकामा जोड दिनुभयो । नेता नारायणकाजी श्रेष्ठले प्रमुख दलहरुबीच भएको सोह्रबुँदे सहमतिभन्दा पछि हटेर संविधानको मस्यौदा आएको भन्दै त्यो सच्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा भूकम्पपछि अखिल (क्रान्तिकारी)ले सुरु गरेको राष्ट्रिय श्रम अभियानमा सहभागी विद्यार्थीलाई सम्मान गरिएको थियो । रासस

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।