Skip to main content

राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि थालिएको प्रयास विफल

तौलिहवा (कपिलवस्तु), २७ असार । चार वर्षदेखि रोकिएको तौलिहवा–गोरुसिङ्गे विद्युतीकरण काम अघि बढाउनका लागि बनाइएको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन वन मन्त्रालयमा रोकिएपछि तौलिहवा क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइनसँंग जोड्नका लागि थालिएको प्रयास विफल भएको छ । वन क्षेत्रमा परेको भन्दै चार वर्षदेखि तौलिहवा–गोरुसिङ्गेको १७ किलोमिटरको विद्युतीकरणको कार्य सुरु गर्नका लागि गत चैतदेखि गरिएको प्रयास विफल भएको हो । गत चैतमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन आइइई गरी नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले सर्वपक्षीय र सर्वदलीय बैठक गरी सो प्रतिवेदन अनुमोदन गरी वन विभागमा पठाएको थियो । गत वैशाख १२ गते आएको भूकम्पपछि सो प्रतिवेदन त्यहीँ थन्किएको थियो ।
विभागले गत असार ९ गते मात्र सो प्रतिवेदनको फाइल वन तथा भूसंरक्षण मन्त्रालयमा पठाएको थियो । अहिले सो फाइल मन्त्रालयमै थन्किएकाले विद्युतीकरण कार्य रोकिएको प्राधिकरणका प्रमुख नारायण अर्यालले बताउनुभयो । दुई महिनासम्म वन विभागमै थन्किएको प्रतिवेदन अहिले वन मन्त्रालयमा राखिएको उहाँले बताउनुभयो । तौलिहवादेखि गोरुसिङ्गेसम्मको १७ किलोमिटरमध्ये आठ किलोमिटर क्षेत्रमा रूख काट्नुपर्ने भएकाले वन कार्यालयले काम रोकेको छ । प्रतिवेदन स्वीकृत भएर आएपछि वन कार्यालयले कटानी आदेशका लागि फेरि मन्त्रालयमा पत्राचार गर्नुपर्ने प्रावधान रहेको छ । वन कार्यालयका प्रमुख राकेश कर्णले वन मन्त्रालयले पेस गरेको कटानी आदेश मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि बल्ल रूख काट्न पाउने बताउनुभयो । केन्द्रबाट स्वीकृत नभई एउटा पनि रूख काट्न दिन मिल्दैन, प्रक्रिया पूरा गर्न जरुरी रहेको उहाँको भनाइ छ । रु एक करोड ३९ लाखको परियोजना रहेको उक्त कार्यअन्तर्गत १७ किमीमध्ये पोल गाड्ने कार्य सम्पन्न भइसकेको छ भने पाँच किलोमिटर तार तान्ने कार्य बाँकी छ । साना र ठूला गरी ३७२ रूख काट्नुपर्ने प्रतिवेदनमा देखाइएको छ । बुटवलको टिकुलीगढदेखि ६५ किमीको दूरीमा ३३ केभी विद्युत् आपूर्ति गरिँदा तौलिहवासम्म आइपुग्दा २२ केभी मात्र भोल्टेज आपूर्ति हुने गरेको छ । जसले गर्दा तोकिएको मागअनुसारको लोड उपलब्ध नहुँदा वितरणमा समस्या आइरहेको प्राधिकरणका कर्मचारी बताउँछन् । रासस

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।