काठमाडौँ, १ साउन । भारतले सबै पक्षको सहमतिमा तत्काल संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याएर आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि बढाउन नेपाली राजनीतिक दललाई आग्रह गरेको छ ।
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सेभेन रेसकोर्षमा भएको भेटवार्तामा सबै पक्षलाई सहमतिमा ल्याएर संविधान जारी गर्न र आर्थिक विकासको मार्गमा अगाडि बढ्न नेपालका दलहरुलाई भारतीय प्रधानमन्त्रीले आग्रह गर्नुभएको हो ।
सबै पक्षको सहमतिमा संविधान जारी गर्न अध्यक्ष दाहाललाई आग्रह गर्दै प्रधानमन्त्री मोदीले त्यसका लागि हरप्रकारको सहयोग गर्न भारत सरकार तयार रहेको बताउनुभएको थियो ।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन एमाओवादी र त्यसको नेतृत्वको हैसियतले अध्यक्ष दाहालले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्रधानमन्त्री मोदीले सबै पक्षलाई सहमतिमा ल्याएर संविधान जारी गर्नसमेत सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो । पछिल्लो समय संविधान निर्माण प्रक्रियाले गति लिएकामा भारतीय प्रधानमन्त्रीले अध्यक्ष दाहालसँग खुसी व्यक्त गर्नुभएको थियो ।
नेपालको आर्थिक विकासमा जस्तोसुकै सहयोग गर्न भारत सरकार तयार रहेको स्पष्ट पार्दै उहाँले जलविद्युत्, पर्यटन, कृषि तथा भौतिक पूर्वाधारको विकासमा लगानी गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।
एमाओवादी अध्यक्ष दाहालले नेपालमा निकट भविष्यमा नै संविधान जारी हुन लागेकाले भारतको सहयोग र सद्भाव आवश्यक रहेको बताउनुभएको थियो ।
प्रतिउत्तरमा पछिल्लो दिनमा प्रमुख राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमतिपछि संविधान निर्माणको ठोस आधार तयार भएको भन्दै अध्यक्ष दाहालले १२ बुँदे सहमतिपछि सुरु भएको सहमति र सहकार्यको यात्रा सफलताको दिशामा अगाडि बढेको बताउनुभएको उहाँका सहयोगी शिव खकुरेलले राससलाई जानकारी दिनुभयो ।

लिपुलेक समस्या समाधान गर्न आग्रह
एमाओवादी अध्यक्ष दाहालले नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गर्नुभएको थियो । “गत साल व्यवस्थापिका–संसद्मा तपाइँले व्यक्त गर्नुभएको धारणाको नेपाली जनताले उच्च प्रशंसा गरेका छन् । पछिल्लो दिनमा चीन र भारतबीच भएको सहमतिमा लिपुलेकको विषयमा समेत कुरा उठेकाले त्यसलाई समाधान गर्न म आग्रह गर्दछु”, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै खकुरेलले भन्नुभयो ।
अध्यक्ष दाहालले लिपुलेकको सन्दर्भमा देखिएको विवाद हल गर्न र अन्य स्थानमा देखिएको सीमा समस्यामा समेत ऐतिहासिक तथ्य र प्रमाणका आधारमा तत्काल निर्णय गर्न आग्रह गर्नुभएको थियो ।
नेपाल र नेपाली जनताको भावनालाई सम्मान गर्दै लिपुलेकलगायतमा सीमा समस्या समाधान गर्न भारत सरकारको पहल होस् भन्ने अध्यक्ष दाहालले आग्रह गर्नुभएको खकुरेलले जानकारी दिनुभयो ।
भूकम्पपछिको उद्धारप्रति धन्यवाद
वैशाख १२ मा भूकम्प गएलगत्तै भारत सरकारले भूकम्पपीडितको सहयोग र उद्धारमा देखाएको क्रियाशीलताको अध्यक्ष दाहालले प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभएको थियो । “विपद्को समयमा जुन क्रियाशीलता भारत सरकारले देखायो, त्यसको हामी प्रशंसा व्यक्त गर्दछाँै”, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै खकुरेलले भन्नुभयो ।
यस्तै नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा भारत सरकारको तर्फबाट गरिएको सहयोगको घोषणा र प्रतिबद्धताको समेत अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभएको थियो ।
ठूला परियोजनामा लगानी गर्न आग्रह
अध्यक्ष दाहालले काठमाडौँ–तराई द्रुत मार्ग, बाराको निजगढ विमानस्थल र ठूला जलविद्युत् आयोजनामा लगानी गर्न भारतीय प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो । नेपालको आर्थिक विकास र बेरोजगारी समस्यालाई हल गर्न पनि ठूूला परियोजनामा भारतले लगानी गर्नु आवश्यक रहेको भन्दै त्यसको आवश्यक वातावरण मिलाउनसमेत नेपाल सरकार र राजनीतिक दल तयार रहेको बताउनुभएको थियो ।
गुजरातमा भूकम्पपछिको पुनःनिर्माणलाई अभियानका रुपमा सञ्चालन गरेको स्मरण गराउँदै भारतीय प्रधानमन्त्री मोदीले भूकम्पपछिको पुनःनिर्माणमा भारत सरकारको सहयोग रहने स्पष्ट पार्नुभएको थियो । ४५ मिनेट भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा समेत कुराकानी भएको थियो ।
अध्यक्ष दाहालले आजै भारतीय गृहमन्त्री राजनाथ सिंहसँग पनि भेटवार्ता गर्नुभएको थियो । रासस
एमाओवादी अध्यक्ष दाहाल र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता
काठमाडौँ, १ साउन । भारत भ्रमणमा रहनु भएका एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुभएको छ ।
आज साँझ भएको भेटवार्तामा नेपालको संविधान निर्माण प्रक्रिया तथा नेपाल र भारतको द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो ।
भारतीय राष्ट्रपति मुखर्जीले दलहरुकोबीचमा भएको १६ बुँदे सहमतिका आधारमा संविधानको पहिलो मस्यौदा तयार पारेर जनताकोबीचमा पु¥याएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
संविधान बनाएर ठूलो काम गर्नुभयो भन्दै अझै केही समस्याहरु भए समाधान छलफलबाट समाधान गर्न राष्ट्रपतिले अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले राससलाई जानकारी दिनुभयो ।
राष्ट्रपति मुखर्जीले अध्यक्ष दाहाललाई भारतको संविधानमा बन्दाको अवस्था बारे विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले एक एक कुरामा छलफल गरेर टुंग्याइएको बताउनुभयो । कसैलाई पनि आफ्नो कुरा राख्न पाइएन भन्ने अवसर नदिन अध्यक्ष दाहाललाई सुझाव दिनुभएको थियो ।
अध्यक्ष दाहालले सबै दलको सहमतिमा संविधान जारी गर्नका लागि आफूहरु तयार रहेको र सबैको भावनालाई संविधानमा समावेश गरिने जानकारी गराउनुभएको थियो । रासस÷रमेश लम्साल

Comments
Post a Comment