Skip to main content

भारतको गुजरात राज्यको भुजमा प्रचण्ड

भारतको गुजरात राज्यको भुजमा भूकम्पपछिको पुर्ननिर्माणको अवस्था बारेमा जानकारी लिन पुग्नुभएका अध्यक्ष प्रचण्ड । भुजको भिमासार, आरटीओ, जी.के. जनरल हस्पिटल, पुरानो बजार क्षेत्र मा भएका पुर्नर्निमाण सम्बन्धी अवलोकन गर्नुभयो । साथै स्थानीय जनताले भव्य स्वागत गरे । अध्यक्ष प्रचण्डले यो अवलोकन भ्रमणले नेपालको भूकम्पले क्षतिग्रस्त क्षेत्रमा पुर्ननिर्माणको लागि योजना तर्जुमा गर्नको लागि ठूलो सहयोग मिल्ने विश्वास आफूलाई भएको बताउनुभयो । उहाँले विस्तृत रुपमा कसरी यो पुर्नर्निमाण प्रक्रिया सम्भव भयो भन्ने बारेमा जिज्ञाशा राख्नुभयो । गुजरात सरकारकी प्रशासन प्रमुख अन्जु शर्मा, कज जिल्लाका प्रशासन प्रमुख र स्थानीय प्रशासनका पदाधिकारीहरुले विस्तृत रुपमा जानकारी गराएका थिए । संविधानप्रति भारतको चासो भारत भ्रमण सफल भएको भन्दै प्रचण्डले आफूले नेपालको संविधान निर्माण तथा विकासका लागि भारतको अझै सहयोग र सदभाव आवश्यक परेको र त्यो पाउने आशा राखेको बताए । संविधानसभाबाट अब बन्ने नयाँ संविधानको बारेमा भारतीय प्रधानमन्त्री र राष्ट्रपतिले चासो राखेको प्रचण्डले बताए । छिटोभन्दा छिटो संविधान बनाउने कुरामा जोड दिँदै भारतीय प्रधानमन्त्री सकेसम्म सबैको सहमतिबाट संविधान बनाउन सुझाव दिएको उनले बताए । संविधानको मस्यौदा जनतामाझ पुगिसेकेकोमा भारतीय राष्ट्रपतिले आफूलाई बधाइ नै दिएको प्रचण्डले जानकारी दिए । हिजो पनि नेपाललाई भारतको सहयोग र सदभाव रहेको भन्दै अहिले अझ बढी सहयोग र सद्भावको खाँचो रहेको आफूले भारतीय प्रधानमन्त्री मोदीसँग आग्रह गरेको प्रचण्डले जानकारी दिए । भारत भ्रमणका क्रममा आफूले भूकम्पले गुजरातमा पुर्‍याएको क्षतिको पुनर्निर्माणबारे अवलोकन गरेको प्रचण्डले जानकारी दिए । प्रवासी संगठनमाथिको प्रतिबन्ध हटाउन माग भारतमा जनयुद्धकालमा लगाइएको केही संगठनहरुमाथिको प्रतिबन्धअझै फुकुवा नगरिएकोबारे आफूले मोदीसँग कुरा राखेको प्रचण्डले बताए । अखिल भारत नेपाली एकता समाजमाथि अझै पनि प्रतिबन्ध कायमै रहेकोबारे जानकारी गराउँदा सबैजना अचम्मित भएको उनले बताए । प्रचण्डले भारतमा बस्ने नेपालीहरुको समस्याका बारेमा पनि छलफल र कुराकानी भएको बताए ।

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।