Skip to main content

को को हुन नेपाल विद्युत प्राधिकरण डुबाउने विदेशी एजेन्ट ?

को को हुन नेपाल विद्युत प्राधिकरण डुबाउने विदेशी एजेन्ट ? काठमाडौं । नेपाल विद्युत प्राधिकरणका चारवटा कर्मचारी ट्रेड यूनियनका प्रमुखहरुले उर्जामन्त्री राधा ज्ञवालीकै अगुवाईमा प्राधिरणलाई डुबाउने खेल सञ्चालन भैरहेको संघिन आरोप लगाएका छन । कर्मचारी संगठनका अध्यक्षहरुले राजधानीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री विदेशी एजेन्ट रहेको र उनकै अगुवाईमा प्राधिकरण डुबाउने खेल भैरहेको आरोप लगाएका हुन । उनीहरुले प्राधिकरणका महाप्रबन्धक मुकेशराज काफ्ले सहित केहि पुर्व कार्यकारी निर्देशकहरुको संलग्नतामा संस्था बिरोधी गतिबिधि चलिरहेको आरोप लगाएका हुन । class="separator" style="clear: both; text-align: center;">
राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेविप्रा कर्मचारी कल्याण परिषद र नेविप्रा कर्मचारी संघले यस्तो आरोप लगाएका हुन । उनीहरुले उर्जा मन्त्री राधा ज्ञवाली, प्राधिकरणका महानिर्देशक मुकेशराज काफ्ले, तत्कालिन कार्यकारी निर्देशक अर्जुनकुमार कार्की, तत्कालिन विद्युत विकास बिभागका निर्देशक शेरसिंह भाट र प्राधिकरण सञ्चालक समितीका सदस्यहरुले संस्था डुबाउने अभियान चलाएको आरोप लगाएका हुन । को माथी कस्तो आरोप ? राष्ट्रिय कर्मचारी संगठन नेपाल विद्युत प्राधिकरणका अध्यक्ष सीताराम थापाले ४ करोड लागतमा निर्माण हुन सक्ने ४ सय किलोवाटको जलविद्युत आयोजनाको मर्मत संभारकै लागि १ अब ५६ करोड रुपैयामा गोप्य ठेक्का दिएको खुलास गरे । उनका अनुसार बझाङ र बाजुरामा रहेको सो आयोजनाको विद्युत केन्द्र जिर्णोद्धारका लागि सञ्चालक समितिबाट स्विकृत नै नगराई तत्कालिन कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले जापानमा गएर ठेक्काको काम सम्पन्न गरिएको छ । उनले प्राधिकरण धारासायी बन्नुको कारण सस्तोमा किनेर मंहगोमा विद्युत बेच्न बाध्य पारिनु, महंगो थर्मल चलाएर पिक लोड घटाउनु पर्ने, विदेशी लगानीको नाममा डलरमा पीपीए हुनु, प्राधिकरणबाट सञ्चालित योजनाहरुमा ठूलो आर्थिक चलखेल हुनु, छिटो छिटो सरकार परिवर्तन र सञ्चालक समिति परिवर्तन हुनु लगायतका रहेको बताए । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल विद्युत प्राधिकरणका अध्यक्ष खगेन्द्र शाहीले ४२ मोगवाटको माथिल्लो त्रिशुली ३ वीको आयोजनाले लाईसेन्स पाउँदा पाएको क्षेत्र षडयन्त्र गरि घटाएर ३७ मेगावाट मात्र हुने गरी तत्कालिन विद्युत विकास विभाग नेपाल विद्युत प्राधिकरणका निर्देशक शेरसिंह भाटले निजी कम्पनीसँगको मिलेमतोमा विद्युत विकास विभागलाई पत्र पठाएको आरोप लगाए । उनले पीपिए नीति एंव दर कायम नगरी चिनियाँ कम्पनीलाई स्याङजाको १८० मेगावाटको आँधीखोला जलविद्युत आयोजना गोप्य वार्ताको आधारमा दिनु, घाम लागेको बेलामात्र बिजुली निस्कने २५ मेघावाट क्षमताको सोलार आयोजन अगाडि बढाउन दिनु र चिलिमे, तामाकोशी जस्ता आयोजना देशैभरी सुरु गर्नु पर्नेमा निर्माणको चरणमा रहेका आयोजनाहरुलाई लथालिङ्ग पार्दै माथिल्लो अरुणमा विदेशी कम्पनी ल्याउन खोज्नुले बर्तमान सञ्चालक समिति विदेशीको दलाल भएको र प्राधिकरणलाई धरासायी बनाउन लागि परेको प्रमाण भएको बताए । शाहीले प्राधिकरणभित्र पदपुर्ति विभागमा आचार संहिता विपरित कार्य गर्ने कर्मचारीलाई कारवाही नहुनु, कसैलाई सात वटा आयोजनाको जिम्मेवारी दिएर कसैलाई काम विहीन बनाउने लगायतका वेथिति रहेको भन्दै बैशाखमा पदपुर्तिको लागि परिक्षा लिन ठिक्क पारिएको प्रश्नपत्र भुकम्पका कारण परिक्षा सरेपनि आउट भईसकेको सोही प्रश्नपत्रबाट पुनः परिक्षा लिन लागिएको खुलासा गरे । उनीहरुले प्राधिकरण डुबाउने विदेशी एजेन्टहरुका विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन ।

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।