Skip to main content

संविधान लेखनलाई पूर्णता दिन राष्ट्र सङ्घ, चीन र भारतको सद्भाव आवश्यक

संविधान लेखनलाई पूर्णता दिन राष्ट्र सङ्घ, चीन र भारतको सद्भाव आवश्यक काठमाडौँ, २९ असार । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान लेखन प्रक्रियामा छिमेकी मुलुकको सद्भावका लागि आफू भारत भ्रमणमा जान लागेको बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले शान्ति प्रक्रिया र संविधान लेखनको कामलाई पूर्णता दिन संयुक्त राष्ट्र सङ्घ, चीन र भारतको सद्भाव आवश्यक रहेकाले भ्रमण सोही दिशामा केन्द्रित हुने बताउनुभयो । भ्रमणलाई राजनीतिक रुपमा मात्रै लिन आग्रह गर्दै उहाँले भन्नुभयो, “भ्रमणका क्रममा दुई देशको सम्बन्धलाई अझ नयाँ उचाइमा उठाउन केन्द्रित हुनेछ ।” भारत भ्रमणमा रहँदा आफूले सीमा समस्याका विषयमा विशेष रुपमा कुरा उठाउने पनि उहाँले बताउनुभयो । पछिल्लो दिनमा ‘लिपुलेक’के सम्बन्धमा उठेका विषयलाई समाधान गर्न आफूले पहल गर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “लिपुलेक नेपालको भूमि हो भन्नेमा धेरैको समान मत छ, मुलुकभित्र उठेका धारणाका आधारमा म भारत सरकार र प्रधानमन्त्रीसँग समस्या समाधानका लागि आग्रह गर्छु ।” लिपुलेकको मात्रै नभई नेपाल र भारतबीच अन्य स्थानमा देखिएको सीमा समस्या समाधानका लागि समेत आफूले कुराकानी गर्ने अध्यक्ष दाहालको भनाइ थियो । नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीका विषयमा विशेष छलफल हुने उल्लेख गर्दै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच समेत साझेदारीका विषयमा कुराकानी भएकाले त्यसमा नेपालको सहभागिताका सन्दर्भमा भारतमा रहँदा संवाद गरिने जानकारी दिनुभयो । जनमत सङ्कलनमा सहभागी हुने अध्यक्ष दाहालले संविधानको मस्यौदा जनताका बीचमा पुगेको र आफू आगामी साउन ४ र ५ गते सिरहा क्षेत्र नं ५ मा जनमत सङ्कलनमा सहभागी हुने उल्लेख गर्दै संविधान निर्माणमा छिमेकीको सद्भाव जुटाउने विषयलाई अन्यथा नठान्न आग्रह गर्नुभयो । भ्रमणका क्रममा गुजरातको आफूले भ्रमण गर्ने र भूकम्पपछि त्यहाँको पुनःनिर्माणका बारेमा समेत जानकारी लिने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । भ्रमणका क्रममा उहाँको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज तथा काँग्रेस आई र भारतीय कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट हुने कार्यक्रम छ । रासस (श्रव्य सामग्री उपलब्ध छ )

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।