विजय घिमिरे
जन र धन दुवैको जोखिम नलिनुनै बेस
एक महिनाअघि मध्य अमेरिकामा रहेको देश कोस्टारिकामा ८ नेपाली पक्राउ परे। संयुक्त राज्य अमेरिका छिरेर सुखी जीवन बिताउने सपना लिएर ती युवा मध्य-अमेरिका पुगेका थिए। अमेरिका पुग्ने सपना कोस्टारिको जेलमा पर्दा पनि रोकिएन।
कोस्टारिकाले ती नेपालीलाई फिर्ता लैजान वासिंटन डीसीस्थित नेपाली दूतावासमा पत्राचार गर्यो। ती नेपाली नागरिक हुन या होइनन्, यो पुष्टिका लागि फारम भरेर पठाईदिन डीसी दूतावासले जवाफ पठायो।
यी युवाहरुको अमेरिका छिर्ने चाहना समाप्त भएको थिएन। दूतावासको फारममा जथाभावी विवरण भरेर पठाईदिए। पक्राउ परेका ८ जना मध्ये ५ जनाले एउटै थर थापा लेखेका थिए। नेपालको ठेगाना कलैया, बारा मात्र भरेका थिए। ती युवा नेपाल फर्किने नदेखेपछि कोस्टारिकाले अमेरिका जान खोजेका रहेछन् भन्ने बुझेर केही दिनअघि छाडिदियो।
दूतावासका अधिकृत भन्छन्, ‘जेलवाट छाडिएको खबर त दूतावासमा आयो तर, अहिले कहाँ पुगेका छन्, कुनै जानकारी छैन।’
गैरकानुनी रुपमा मानव तस्कर मार्फत अमेरिका आउन दुस्साहस गर्नु ज्यान र धन दुवै जोखिममा पार्नू हो। नेपालमा संसदीय समितिले यसरी अमेरिका छिर्ने खोज्ने नेपालीलाई रोक्न विभिन्न निर्देशन दिएका छन्। तर, ती ८ युवा जस्तै कयौं युवा यो मार्गमा अझै पनि छन्।
३ वर्षअघि अमेरिका छिर्नै लाग्दा झण्डै एक दर्जन नेपाली मेक्सिकोमा पक्राउ परेका थिए। मेक्सिको सरकारी कार्यालयलले यी युवालाई नेपाल फकाउर्न अनुरोध गर्दै डीसी दूतावासमा खबर गर्यो। तर, यी युवाले नेपालमा विभिन्न शक्तिकेन्द्रमा सम्पर्क गरी दूतावासलाई मौन बस्न वाध्य पारे। तीन साता मेक्सिको जेलमा बसेर ती युवा छुटे, अमेरिका छिर्न पाए पाएनन् कुनै खबर दूतावासमा छैन।
केही साताअघि पराराष्ट्र मन्त्रालयले संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिलाई दिएको तथ्यांक अनुसार सन् २००४ देखि २०१३ सम्म १ हजार ५ सय ४१ नेपाली गैर कानुनी रूपमा अमेरिका छिरेका छन्। तर, यसरी अमेरिका आउने नेपालीको संख्या योभन्दा वढी भएको अनुमान छ।
अमेरिका छिर्ने क्रममा ल्याटिन अमेरिकाका विभिन्न जेलमा नेपाली पर्न थालेपछि संसदीय समितिले पराष्ट्रमन्त्रीसँग यसबारेमा जानकारी मागेको थियो। गत साता मात्र उक्त समितिले नेपालबाट ल्याटिन अमेरिकी राष्ट्र हुँदैं अमेरिकामा हुने मानव तस्करीका विषयमा एक महिना भित्र विस्तृत विवरण बुझाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ।
दुई वर्षअघि एक नेपाली युवा मेक्सिकोबाट गैरकानुनी रूपमा अमेरिका छिरे। तर, यसरी आउँदा बाटोमा पानी खान नपाएर उनको मृगौलामा जटिल समस्या आयो। पिसावमै रगत आउन थालेपछि उनले बाटोमै अमेरिकी सीमा सुरक्षा प्रहरीसमक्ष आत्मसम्पर्ण गरे।
आत्मसम्पर्ण गरेपछि केही समय थुनामा राखेर उनलाई स्थानीय अदालतमा उपस्थित गराईयो। अदालत समक्ष उनले नेपाल जाँदा ज्यानको सुरक्षा नहुने भन्दै शरणार्थीको रुपमा शरण मागे। अदालतले १० हजार अमेरिकी डलर धरौटी लिई उनलाई तारेखमा छाडिदियो। झण्डै एक दजर्न देश पार गरेर अमेरिका छिर्दा उनको ३० लाख रुपैंया खर्च भईसकेको थियो। धरौटी राख्न थप १० हजार डलर लाग्यो। अदालतमा मुद्दाका लागि उनले झण्डै ५ हजार तिरे। तर, अहिलेसम्म मुद्दाको टुंगो लागेको छैन।
धेरौटीमा छुटेका ती युवाले रेष्टुरेन्टमा काम पाए। तलव महिनाको १ हजार ५ सय डलर थियो। खाना र बस्नको तिर्नु पर्दैन। तर, टेलिफोन लगायत अन्य खर्चका लागि झण्डै ५ सय डलर खर्च हुन्छ। उनले दैनिक १० घण्टाभन्दा बढी दुःख गरेर महिनामा एक हजार डलर बचाउँछन्। यो कमाईले उनलाई अमेरिका आउँदासम्मको खर्च उठाउन झण्डै ४ वर्ष लाग्नेछ।
नेपालमा १२-१५ लाख रुपैंयामा अमेरिका पुर्याउने भनिएपनि बिच बाटो पुग्दै गएपछि नयाँ नयाँ दलाल भेटिन्छन्। ती दलाल पिच्छे थप पैसा वुझाउँदै यात्रामा अघि बढ्ने हो। यथार्थमा एउटा दलालले आफूसँग भएका मान्छेलाई अर्को दलाललाई विक्री गर्छन। यात्रामा अनकन्टार जगंलमा पुर्याएर समेत थप पैसा माग्ने समेत गर्छन। यात्राका दौरानमा ठगी, दुःख र अमानवीय व्यवहारको सुनुवाई हुने कुनै निकाय हुँदैंन। यसले गर्दा ज्यान जोखिममा मात्र होइन अमेरिका छिर्दासम्म तिर्नुपर्ने पैसा झण्डै दोब्बर भन्दा बढी भईसकेको हुन्छ।
थप पैसा दिन नसक्दा बिचमै ज्यानै जोखिम हुन्छ। पैसा छ भने यात्रा अगाडि बढ्छ, छैन भने त्यही रोकिन्छ। पैसा वुझाउँदैं जानु पर्दा यात्रा महिनौ लामो हुने गरेको हो।
कयौ मध्य-अमेरिकी देशमा नेपालीहरू नै दलाली रहेको यसरी आउनेहरु बताउँछन्। मध्य-अमेरिकी देश पुगेपछि मेक्सिकोतिर बढ्दै जाँदा गैरकानुनी रूपमा अमेरिका छिर्नेहरुको संख्या पनि थपिँदै जान्छ। बंगलादेश, भारत, पाकिस्तान लगायत, गरिब मध्य-अमेरिकी देशबाट सयौंको संख्यामा जोखिम मोलेर अमेरिका छिर्नेको भीड भेटिन्छ।
यसरी छिर्ने ९० प्रतिशतभन्दा बढी महिला बलात्कारमा पर्ने वा यौन शोषण हुने गरेको तथ्य विभिन्न अनुसन्धान रिर्पोटले सार्वजनिक गरेका छन्। कोस्टारिका, निकारागुवा, ब्राजिल, कोलम्बिया, ग्वाटेमालो र मेक्सिको हुँदै अमेरिका छिर्छन्।
सुरूमा नेपालमा मावन तस्करका दलालले निश्चित पैसा बुझाएमा सजिलै अमेरिका छिराईदिने आश्वासन दिन्छन्। नेपालबाट सिधा अमेरिका उडाउन नपाइने भएकाले पैसा लिएपछि भिसा नचाहिने देश सिंगापुर वा भारत लैजाने गर्छन्। यहीबाट दलालको हात माथि पर्न थाल्छ। त्यसपछि अघि बढ्दै जादा दुःखका दिन सुरू हुन्छन्।
पैसा बुझाईसकेकालाई फर्किन पनि सजिलो हुँदैंन। सिंगापुर र नयाँ दिल्ली छाडेपछि पर्यटकका रूपमा सजिलो जान पाइने देश पुर्याइने गरिएको छ। कयौंलाई धेरै दिन यी देशमै भोलि भोलि भन्दा भन्दै अल्झाएर राखिन्छ। यही क्रममा पासपोर्ट नदिने थप पैसा माग्ने गरिन्छ।
यसरी आउने कयौं युवाका अनुसार एउटा देशवाट अर्को देश पिच्छे दलाल परिवर्तन हुन्छन्। एउटा देशवाट अर्को देश पुर्याएपछि पछिल्लो दलालको काम सकिन्छ अघि वढाउन नयाँ दलाल आउँछन्। निश्चित पैसा माग्छन्। पैसा दिए अघि वढाउँछन् नदिए त्यही बस्ने हो। पैसा नआउँदासम्म एउटै कोठामा लुकेर कोचिएर बस्नुपर्छ। मेक्सिको मानव तस्कर र लागूऔषध कारोबारका लागि प्रख्यात छ। मेक्सिको लगायत मध्य-अमेरिकी देशमा नेपालको कुटनीतिक नियोग छैन। त्यसैले यस्ता देशमा समस्या पर्दा उद्दार हुनसक्ने अवस्था कम हुन्छ।
मेक्सिको अमेरिका यात्राको अन्तिम नाका हो। यहाँपुगेपनि रातमा अमेरिकी सीमा सुरक्षा गार्ड नभएको मौका पारेर नदिमा पौडी खेल्दै अमेरिका छिर्ने हो वा स्थल मार्ग प्रयोग गर्ने दलालले निर्णय गर्छन्। प्रायः रातमा मेक्सिको सीमा काट्नुपर्छ। यसरी अमेरिका छिर्न सकेपनि जोखिम सकिँदैन। मानवका लागि प्रतिकुल मौसमभएको जमिनै जमिन दुई दिन जति हिड्नुपर्छ। यसरी हिड्दा निरन्तर गस्तिमा रहने सिमा सुरक्षा गार्डलाई छल्न सक्नुपर्छ, कयौं घण्टा लुक्नु पर्छ।
पानी समेत पिउन नपाएर यही क्रममा बिमारी मात्र होइन कयौंको मृत्यु समेत हुने गरेको छ। पहिचान नखुलेका कयौंका लासहरु अमेरिकामा त्यसै छन्।
अमेरिका छिरेपछि पनि समस्या सकिदैंन। अधिकांशले अमेरिका नेपालमा सुनेजस्तो सोचेजस्तो पाउँदैनन्। यहाँ सजिलै पैसा कमाउन सकिन्न।
केही साता अघि न्यूयोर्क बस्दै आएका युवा मोहन ओलीले आत्महत्या गरे। उनी दुई वर्षअघि मेक्सिकोको बाटो भई गैरकानुनी रूपमा अमेरिका छिरेका थिए। आत्महत्या गर्नु केही महिना अघिदेखि उनी डिप्रेसनको शिकार भएका थिए। यो उदाहरणले पनि अमेरिका छिरेपछि समस्या सकिँदैन भन्ने पुष्टि गर्छ।
अमेरिकामा कमाई
अमेरिकी सरकारले न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ। यसवाहेक न्यून आम्दानी भएकालाई स्वास्थ्य उपचार लगायत विभिन्न सुविधा दिन्छ। अमेरिकामा न्यून आम्दानी भएपनि बस्नुको यो आकर्षण हो। तर, यस्ता सुविधा लिन अमेरिकामा कानुनी रूपमा बस्ने मान्यता पाएको हुनुपर्छ।
मानव तस्कर मार्फत अमेरिका छिर्न सम्भव भएपनि यहाँ बस्ने कानुनी कागजात बनाउन झण्डै २ वर्ष वा बढी समय लाग्छ। यसरी अमेरिका छिर्नेले कानुनी वसोबासको लागि शरणार्थीको 'स्टाटस' माग गर्न सक्छन्। केही समय यता नेपालीले यस्तो माग गर्नु नौलो होइन । तर, गैर कानुनी रूपमा यसरी स्थलमार्गवाट आएकाहरु यसरि 'शरणार्थी' बन्न जटिल हुन्छ। यसका लागि वकिल लगाउनु पर्छ। वकिलले शुरूमै पाँच हजार डलरसम्म शूल्क माग्छन्। केस लम्बिँदै गए थप पैसा दिनुपर्ने हुन्छ।
यहीका केटा वा केटीसँग विवाह गरेर वसोबासका लागि कानुनी आधार प्राप्त गर्ने पनि छन् तर, यो पनि खर्चिलो र झन्झटिलो छ।
अमेरिकामा हाल ६ हजारभन्दा वढी नेपालीले शरणार्थी मान्यता पाएका छन्। यस मध्ये केही मेक्सिकोबाट आउने पनि छन्।
अमेरिकामा सार्वजनिक अपराध नगर्दासम्म कानुनी वा गैरकानुनी अप्रवासी हो होइन यो जाँच हुँदैन मेक्सिको सीमा क्षेत्र बाहेक अरू ठाउँका सार्वजनिक स्थलमा प्रशासनले यसवारेमा सोधपुछ गर्दैन। यो एउटा सकारात्मक पक्ष हो। यस्ता गैरकानुनी अप्रवासी अमेरिकामा १ करोड भन्दा बढी छन्। तर, अमेरिकामा विदेशीलाई काम गर्न वर्क परमिट चाहिन्छ। वर्क परमिट बिना काम गर्नु गैरकानुनी हुन्छ। वर्क परमिट नभएकालाई काम दिनु पनि गैरकानुनी हो।
चाहेजस्तो ठाउँमा काम पाउन वर्क परमिट वा ग्रिनकार्ड हुनैपर्छ। गैरकानुनी रूपमा बस्नेलाई काम दिनेले पनि केही जोखिम लिनुपर्ने हुँदा शोषण गर्छन्। कम पैसामा काम लगाउन खोज्छन्। लाखौं गैरकानुनी अप्रवासीहरु यही भएर सरकारले तोकेभन्दा न्युनतम पारिश्रमिक लिएर काम गरिरहेका छन्। अमेरिकामा सहर अनुसार न्यूनतम पारिश्रमिक तोकिएकेा छ।
प्राय शहरमा न्युनतम पारिश्रमिक प्रति घण्टा ८ देखि १० अमेरिकी डलर छ। यस आधारमा वर्क परमिट भएका तर कुनै दक्षता नभएकाले महिनामा २ हजार डलर कमाउन पनि हम्मे पर्छ। यही भएर अमेरिकामा बस्नेले खान लाउन राम्रै भएपनि खासै पैसा बचत हुँदैन। गैरकानुनी रुपमा बस्नेले कमाउने यो भन्दा कम हो। टेलिफोन, लत्ताकपडा, खाना लगायत पनि यही पैसावाट खर्च गर्नुपर्ने हुन्छ।
यत्रो जोखिम लिएर कमाउने यो पैसाले नेपालमा पहिले जस्तो खासै सम्पत्ति जोड्न सकिदैंन। डेढ दशक अघिसम्म अमेरिकाको कमाई नेपाल पठाउँदा राम्रैसंग सम्पत्ति जोड्न सकिन्थ्यो। नेपालमा जग्गा जमिन सस्तो थियो। २०६० साल अघिसम्म एक वर्षको कमाइ झण्डै १०-१२ लाखलेपनि काठमाडौ रिङरोड भित्र घडेरीका लागि चार पाँच आना जमिन आउँथ्यो। अर्को वर्षको कमाईले घर बन्थ्यो। अहिले त्यो अवस्था छैन। गैर कानुनी रूपमा मानव तस्कर मार्फत अमेरिका छिर्दा भएको खर्च उठाउन झण्डै ५ वर्ष श्रम गर्नुपर्ने हुन्छ। यसपछि अर्को ५० लाख कमाउन ४ वर्ष लाग्छ। दश वर्ष कठोर श्रम गरेर कमाउने ५० लाख रूपैंया हो। यो सवै पैसा जोगिन्छ भन्ने पनि छैन।
परिवारको खर्च पनि उठाउनु पर्यो। अमेरिकामा गैरकानुनी रूपमा बस्दा कोठा भाडामा लिनदेखि बैंक खाता खोज्नसमेत कठिन हुन्छ। आफ्नै नाममा व्यापार व्यवसाय समेत गर्न पाइँदैन। गैरकानुनी हुँदा सधै त्रासमा बस्नुपर्छ।
अर्को समस्या स्थायी रूपमा वस्न पाउने कानुनी कागजात विना परिवार ल्याउन पाइँदैन। शरणार्थी मान्यता दियो भने श्रीमती र २१ वर्षभन्दा कमका छोरा छोरी ल्याउन पाइन्छ। तर, कानुनी प्रकृया लम्बिदैं गयो भने लामो समयसम्म परिवारसँग अलग बस्नुपर्ने हुन्छ। परिवार कहिले भेट्न पाइन्छ टुंगो हुँदैन। यस्तै चिन्ताले कुलतमा फस्न वा डिप्रेसनले छुन सक्छ।
यी सबै सम्भावित झन्झट हेर्दा गैरकानुनी रुपमा अमेरिका यात्रा जन र धन दुवै जोखिममा राख्नु हो। नेपालमा ३०, ४० लाख हुने वा सरसापट गर्न सक्नेले यत्रो ठूलो जोखिम नलिनुनै बेस। अवसर नेपालमै नभएको होइन।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...
Comments
Post a Comment