Skip to main content

काठमाडौँका पचास अगुवा किसानलाई परिचयपत्र वितरण

काठमाडौँका पचास अगुवा किसानलाई परिचयपत्र वितरण काठमाडौँ, २५ असार । ईन्द्रायणी शङ्करापुर–१५ मा तरकारी खेती गर्दै आउनुभएकी सीता राई सदाभन्दा आज खुसी देखिनुहुन्थ्यो । कुल १४ रोपनी जग्गामा आधुनिक तरिकाले गोलभेँडा खेती गर्दै आउनुभएकी राईको ईन्द्रायणी व्यावसायिक कृषि फार्मले चार जनालाई रोजगारी दिएको छ । कृषि विकास मन्त्रालयले प्रदान गरेको उद्यमी कृषक परिचयपत्र पाएपछि रासससँग कुरा गर्दै राईले भन्नुभयो, “सधैँ धुलोमा खेल्ने, फोहोरी भनेर हेला गर्ने किसानलाई आज राज्यले चिन्यो र किसान भएको परिचयपत्र पनि दियो ।” गोलभँेडाखेतीबाट वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी कमाइ हुने गरेको बताउनु हुने राई परिचयपत्र पाएपछि कृषि विकास मन्त्रालयबाट अनुदानमा न्यूनतम रु ५० हजार र अधिकतम रु दुई लाखसम्म ऋण पाउनेमा आशावादी हुनुहुन्छ । कीर्तिपुरकी पूर्णदेवी महर्जनले पनि आजै किसान परिचयपत्र पाउनुभयो । गोलभेँडा, काउली, सागको व्यावसायिक खेती गर्दै आउनुभएकी महर्जन पनि वर्षमा रु तीन लाखसम्म कमाइ गर्नुहुन्छ । सरकारले किसान भनेर चिनेकामा उहाँलाई खुसी लागेको छ । उहाँ भन्नुहुन्छ, “गोलभेँडा, काउली र साग बेचेर पाउने खुसीभन्दा बढी खुसी आज लागेको छ ।” परिचयपत्र देखाएर कृषि विकास बैंकबाट ऋण लिने र खेतीलाई बढाउने उहाँको सोच छ । परिचयपत्र लिन आउनुभएका कीर्तिपुरका राहुल केसी, कविर महर्जन र धर्मस्थलीकी प्रमीला अर्याल पनि परिचयपत्रलाई हालसम्मकै ठूलो उपलब्धिको सङ्ज्ञा दिनुहुन्छ । जिल्ला कृषि विकास कार्यालय र नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको उद्यमी कृषक परिचयपत्र वितरण तथा प्राङ्गरिक खेती प्रवद्र्धन गोष्ठीमा काठमाडौँका ५० अगुवा कृषकलाई परिचयपत्र वितरण गरिएको थियो । कृषि विकास मन्त्रालयका सहसचिव श्यामकिशोर साहले सरकारको योजनाअनुसार नै कृषकलाई परिचयपत्र वितरण गर्न सुरु गरिएको बताउनुभयो । परम्परागत खेतीबाट क्रमशः व्यावसायिक बन्दै गएको कृषिमा युवालाई सहभागी गराउन र विदेशमा होइन स्वदेशमा नै सुन फल्छ भन्ने सन्देश प्रवाह गर्न परिचयपत्र वितरण गरिएको उहाँको भनाइ थियो । सरकारले व्यावसायिक किसानका लागि ६ प्रतिशत ब्याजमा दुई लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेको छ । पशुपालन, माछापालनमा लाग्ने युवा किसानलाई अनुदानसमेत दिएको छ । सरकारले गत बुधबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समेत कृषिलाई व्यावसायिक बनाउने लक्ष्य राखेको छ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष लोकमान्य गोल्छाले परम्परागत कृषि व्यवसायलाई व्यावसायिक बनाउन आफूहरु सहयोग गर्न तयार रहेको बताउनुभयो । कृषि विकास मन्त्रालयले ‘तीन गाई १० रोपनी जग्गा, रसायनबिना खेती हुन्छ पक्का’ भन्ने अवधारणाका साथ कृषकलाई उद्यमी बनाउने रणनीतिसमेत अगाडि सारेको छ । सो रणनीतिलाई सफल बनाउन चेम्बरले पनि साथ र सहयोग प्रदान गर्ने गोल्छाको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत रेवतीराज शर्मा किसानको पीर, मर्का बुझ्न र उनीहरुलाई व्यावसायिक बनाउन परिचयपत्र प्रभावकारी हुने बताउनुहुन्छ । कार्यक्रममा प्राङ्गारिक खेतीको उपादेयताका बारेमा कृषि विकास विभागका महानिर्देशक डा यज्ञध्वज जिसी र वरिष्ठ कृषि विकास अधिकृत अरुणप्रकाश भट्टले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।