भूकम्पपछिको पुनः निर्माण ः नेपालको सापेक्षतामा अगाडि बढाउन जापानी विज्ञको सुझाव
काठमाडौँ, २५ असार । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)का विज्ञ तथा प्राविधिकले भूकम्पपछिको पुनः निर्माणलाई नेपालको आफ्नै विशेषतामा अगाडि बढाउन सुझाव दिएका छन् ।
प्राकृतिक विपदपछिको पुनः निर्माण र नव निर्माण असाध्यै जटिल विषय भएपनि त्यसलाई योजनावद्ध रुपमा अगाडि बढाउने सङ्कल्प र इच्छाशक्ति भए सहज रुपमा अगाडि बढाउन सकिने भएकाले नआत्तिन तथा आफ्नै विशिष्ठतालाई ख्याल गर्न नेपाल सरकारलाई आग्रह गरेका हुन् ।
जाइकाले आज यहाँ आयोजना गरेको भूकम्पपछिको पुनः निर्माण विषयक अन्तरक्रियामा विपदसँग कसरी जुध्ने भन्ने विषयमा जापानबाट पनि नेपालले धेरै अनुभव लिन सक्ने भएकाले नजिकबाट अध्ययन गर्न र परम्परागत तवरले बस्ती बसाउने भन्दा भूउपयोग नीति बनाएर लागू गर्न विज्ञले आग्रह गरे ।
नेपाल भूकम्पको अधिक जोखिममा रहेको क्षेत्र भएकाले आगामी दिनमा पनि गत वैशाख १२ गते गएको जस्तै भूकम्प अगामी दिनमा पनि जाने सम्भावना उत्तिकै रहेकाले भौतिक पूर्वाधार तथा संरचना निर्माण गर्दा विशेष ध्यान दिनुपर्ने तर्फ सचेत गराएका थिए ।
गोरखा भूकम्पबाट क्षति भएका संरचनाको पुनः निर्माणको विषयमा प्रष्ट योजना र कार्यक्रमको जरुरत भएकोमा जोड दिदै उनीहरुले बाँकी रहेका संरचनाको पनि उचित जाँचपड्ताल गरेर नव निर्माणमा लाग्नुपर्ने, नयाँ संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी बनाउनुपर्ने, बसोबास र अन्य स्थानको छनौट पनि भूबनोटको आधारमा गर्नुपर्ने धारणा राखेका थिए ।
प्राकृतिक विपदसँग जुध्नका लागि जापानले गरेको प्रयास र भौतिक संरचनाको निर्माणको प्रक्रिया, त्यसका प्रयोग भएको प्रविधि, विज्ञको सहयोग तथा सरकारी र गैरसरकारी क्षेत्रको लगानी, दातृ निकायको सहयोगलाई पनि विशेष ख्याल गर्नुपर्ने जाइकाका विज्ञको भनाइ थियो ।
काठमाडौँ उपत्यकाका सडक सञ्जाल, पुल, सार्वजनिक स्थल तथा सम्पत्ति, आवास स्थलको सुरक्षालगायतका विषयमा विशेष ख्याल गर्न र विपदको समयमा तत्काल अपनाउनुपर्ने सुरक्षात्मक उपायका बारेमा समेत आम जनतालाई सहज तथा सरल रुपमा बुझाउन पनि अत्यावश्यक रहेको उनीहरुको भनाइ थियो ।
भूकम्पपछिको पुनः निर्माणको खाका नेपाल सरकारले तयार पारिसकेको, नेपालको पुनः निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन समेत आयोजना गरिसकेको सन्दर्भमा सरकारसँग मिलेर काम गर्न जाइका र यसको प्राविधिक टोली तयार रहेको सो अवसरमा जानकारी गराइएको थियो ।
जाइकाले काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, बुढानीलकण्ठ नगरपालिकाको पुनः निर्माणको कार्ययोजना निर्माणमा प्राविधिक सहयोग गर्न लागेको समेत सो अवसरमा जानकारी गराइएको थियो । यस्तै गोरखा, सिन्धुपाल्चोक जिल्लाको एकीकृत बस्ती निर्माणका लागि अत्यावश्यक सहयोग गर्ने जाइकाको योजना रहेको छ ।
कार्यक्रममा जाइकाका परियोजना प्रबन्धक इचिरो कोबायासी( क्ष्अजष्चय प्यदबथबकजष्), अध्ययन समूहका प्रमुख यासुसी ओवाकाई( थ्बकगकजष् इधबपष्), अध्ययन समूहका उपप्रमुख केन्पीई कोजिका( प्भलउभष् प्यवष्पब), र जापानको भूमि,भौतिक पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयका विज्ञहरुले भूकम्पपछिको नेपालको पुनः निर्माण र जापानको कोबे सहरको तथ काठमाडौँ उपत्यकाको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले जाइकाका प्राविधिकसँग मिलेर नेपालको पुनः निर्माणलाई योजनावद्ध रुपमा अगाडि बढाउन सरकार तयार रहेको जानकारी गराउनुभएको थियो । रासस÷रमेश लम्साल
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...
Comments
Post a Comment