Skip to main content

मास्टरसाप, विद्यालय त भत्कियो, कसरी चलाउने होला?

रमेश लम्साल ‘मास्टरसाप, तपार्इंले नै पढाउनुभएको धेरै दुःखले खडा गरेको विद्यालय आज भग्नावशेषमा परिणत भयो, विद्यार्थीका लागि बस्न योग्य छैन। गत वैशाख १२ को भूकम्पले घर भत्कियो, विद्यालय भत्कियो, तपार्इं त विश्वले चिनेको ठूलो मान्छे, लौ न विद्यालयलाई पूर्ववत् अवस्थामा फर्काउन सहयोग गरिदिनुपर्यो।’
यो भनाइ गोरखा आरुघाटका भुवनप्रसाद श्रेष्ठको हो । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल भीमोदय उच्च माध्यमिक विद्यालयमा शिक्षकका रुपमा कार्यरत रहँदा उनको घरबेटी रहेका श्रेष्ठले गरेको पुकार हो यो।‘गोरखा भूकम्प’ले ध्वस्त पारेको आरुघाट बजार र भीमोदय उमाविको स्थलगत अवलोकनका लागि आएका अध्यक्ष दाहाललाई देख्नेबित्तिकै श्रेष्ठले अरु ठूलो माग राखेनन्, आफैले पढाएको विद्यालयलाई पूर्ववत् हालतमा पुर्याइदिन आग्रह मात्रै गरे। विसं २०३३ मा दाहाल श्रेष्ठको घरमा बसेका थिए। आफ्नो घरमा डेरा गरी बस्ने एमाओवादी अध्यक्ष दाहाल, सोही विद्यालयका प्रधानाध्यापक एवम् पूर्व मन्त्री रामकुमार श्रेष्ठ र नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संयुक्त रुपमा पसिना बगाएको सो विद्यालय आज खण्डहर भएको छ । आरुघाटवासीले अध्यक्ष दाहालसँग ठूलो अपेक्षा गरेनन्। बस्ने घर छैन, खाने अन्न छैन, तर उनीहरुले घरभन्दा ठूलो विद्यालय मानेका छन् । उनीहरु घर त विस्तारै बनाउँदै जाउँला भन्ने सोचमा छन् । तर विद्यालयलाई पहिलो प्राथमिकतामा राखेका छन्। शिक्षकका रुपमा तत्कालीन समयमा कार्यरत एमाओवादी अध्यक्ष दाहाल विद्यालयको अवस्था देखेर एकछिन भावुक भए। अध्यक्ष दाहालसँगै अध्यापन गराएका अर्का पूर्व शिक्षक गणेशकुमार श्रेष्ठ पनि विद्यालयलाई तत्कालै पूर्ववत् अवस्थामा पुर्याउन आग्रह गरे। ‘हामीलाई अरु केही आवश्यक छैन, विद्यालय बनाइदिनुपर्यो, तपाईंले पहल गर्नुभयो भने केही हुन्छ’– श्रेष्ठले अध्यक्ष दाहाललाई भने। उनको भनाइ भुइँमा खस्न नपाउँदै अध्यक्ष दाहालले भने– ‘सानो सहयोगका रूपमा ५१ बन्डल जस्तापाता ल्याएको छु। आगामी दिनमा थप सहयोग उपलब्ध गरौँला, धन्दा नमान्नुस् । विद्यालय पूर्ववत् अवस्थामा फर्कन्छ।’ आरुघाटका अर्का स्थानीयवासी भरतप्रसाद श्रेष्ठ पनि ढलेको घर र भत्किएको आशाभन्दा ज्ञानको मन्दिर उजाडिएकामा चिन्तित छन्। ‘डेढ घन्टा परको जङ्गलमा गएर हामीसँगै काठ काट्न गएको सरलाई याद छ नि’ ? श्रेष्ठले सवाल तेस्र्याउन नपाउँदै दाहालले भने – “लौ, दाइ पनि काँधमा गएको खाला अझै बिसेक भएको छैन, कति दुःख गरिएको थियो त । तपाईं आफैं जानकार हुनुहुन्छ नि?” अध्यक्ष दाहालकै प्रेरणामा स्थापना गरिएको भीमोदय उमावि नजिकैको अर्को विद्यालय श्री जनशक्ति निमावि पनि भग्नावशेषमा परिणत भएको छ । सो विद्यालयका प्रधानाध्यापक हरिहर श्रेष्ठले पनि अध्यक्ष दाहाललाई पूरानै प्रश्न तेस्र्याए। ‘सर, यो विद्यालय पनि तपाईंकै देन हो? भैँचालोले भत्काइदियो, अब के गर्ने होला?’ अध्यक्ष दाहालले भने– ‘५१ बन्डल जस्तापाता ल्याएको छु। आधा भीमोदयलाई वितरण गरिन्छ, आधा तपाईंहरुले लिनुभए हुन्छ।’ भीमोदय उमाविका प्रधानाध्यापक मनप्रसाद बन्जराका अनुसार हाल सो विद्यालयमा ७५० विद्यार्थी अध्ययनरत छन् । स्थानीय साधन स्रोत प्रयोग गरेर भीमोदय बहुमुखी क्याम्पस पनि सञ्चालन गरिएको छ । क्याम्पसमा दुई सय विद्यार्थी अध्ययनरत छन् । कुल २९ वटा कक्षाकोठामध्ये २१ वटा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । बाँकी रहेका कक्षा पनि अध्यापनका लागि योग्य छैनन् । सो विद्यालयको अस्थायी टहरा निर्माणका लागि हाल एमाओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माको नेतृत्वमा एक हजार पाँच सय नेता तथा कार्यकर्ता परिचालित भएका छन् । एमाओवादी स्थायी समिति सदस्य शर्मा भीमोदय उमाविमा कक्षा सञ्चालन गर्न मिल्ने आठ कोठा निर्माण गरिने बताए। सरकारले आजदेखि भूकम्प प्रभावित क्षेत्रमा विद्यालय सञ्चालन गर्ने जनाए पनि अधिकांश विद्यालयमा अस्थायी संरचना निर्माणको क्रम जारी रहेका कारण केही दिन अझै असम्भव जस्तो देखिएको छ । भीमोदय उमाविका प्रधानाध्यापक बन्जरा एमाओवादीको टोलीले विद्यालय सञ्चालनका लागि बनाइदिएको अस्थायी टहरा तत्कालका लागि उपयोगी हुने बताउँछन्।उनले पनि एमाओवादी अध्यक्ष दाहाललाई भने– “पूर्व प्रधानमन्त्रीज्यू, विद्यालय सञ्चालनका लागि भरपूर सहयोग गरिदिनुस् ।”रासस

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।