विजय घिमिरे जन र धन दुवैको जोखिम नलिनुनै बेस एक महिनाअघि मध्य अमेरिकामा रहेको देश कोस्टारिकामा ८ नेपाली पक्राउ परे। संयुक्त राज्य अमेरिका छिरेर सुखी जीवन बिताउने सपना लिएर ती युवा मध्य-अमेरिका पुगेका थिए। अमेरिका पुग्ने सपना कोस्टारिको जेलमा पर्दा पनि रोकिएन। कोस्टारिकाले ती नेपालीलाई फिर्ता लैजान वासिंटन डीसीस्थित नेपाली दूतावासमा पत्राचार गर्यो। ती नेपाली नागरिक हुन या होइनन्, यो पुष्टिका लागि फारम भरेर पठाईदिन डीसी दूतावासले जवाफ पठायो। यी युवाहरुको अमेरिका छिर्ने चाहना समाप्त भएको थिएन। दूतावासको फारममा जथाभावी विवरण भरेर पठाईदिए। पक्राउ परेका ८ जना मध्ये ५ जनाले एउटै थर थापा लेखेका थिए। नेपालको ठेगाना कलैया, बारा मात्र भरेका थिए। ती युवा नेपाल फर्किने नदेखेपछि कोस्टारिकाले अमेरिका जान खोजेका रहेछन् भन्ने बुझेर केही दिनअघि छाडिदियो। दूतावासका अधिकृत भन्छन्, ‘जेलवाट छाडिएको खबर त दूतावासमा आयो तर, अहिले कहाँ पुगेका छन्, कुनै जानकारी छैन।’ गैरकानुनी रुपमा मानव तस्कर मार्फत अमेरिका आउन दुस्साहस गर्नु ज्यान र धन दुवै जोखिममा पार्नू हो। नेपालमा संसदीय समितिले यसरी अमेरिका ...
म पेशाले पत्रकार ।