Skip to main content

प्रहरीको निधन भएकोमा गृहमन्त्रीद्वारा समवेदना व्यक्त

रायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउने कार्यमा संलग्न हुँदा प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र जवान दीपकुमार मास्केको निधन भएकामा हार्दिक समवेदना प्रकट गर्नुभएको छ । गृहमन्त्री शर्माले आज एक शोक वक्तव्य जारी गर्दै कर्तव्य पालनाको सिलसिलामा दुई राष्ट्र सेवक गुमाउनु परेको र प्रहरी जवानद्वय लीलबहादुर चेपाङ र सन्दिप कार्की समेत बेपत्ता हुनुभएको भन्दै शोक सन्तप्त परिवार, नेपाल प्रहरीका सकल दर्जा र आफन्तमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको छ । इच्छामनकामना गाउँपालिका–६ नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोले अवरुद्ध सडक खुलाई फर्कने क्रममा खसेको अर्को पहिरोमा परी प्रहरी कर्मचारीको निधनले आफूलाई असाध्यै दुखित तुल्याएको वक्तव्यमा उल्लेख छ ।
प्रहरी कर्मचारीले कर्तव्यपालनाको एउटा मानक कायम गर्नुभएको उल्लेख गर्दै मन्त्री शर्माले नेपाल प्रहरी नागरिकको सेवामा सर्मपित छ, भन्ने स्थापित भएको बताउनुभएको छ । गृहमन्त्री शर्माले मृतक प्रहरी कर्मचारीका परिवारलाई राहत तथा बालबालिकाको पठनपाठन व्यवस्था मिलाउने वचतबद्धतासमेत व्यक्त गर्नुभएको छ । गृहमन्त्रीले सोही दुर्घटनामा परी घाइते हुनुभएका ना ५ ख ७८२८ नं को ट्रकका चालक रामकुमार लामा र सहयोगी सोनु ब्लोनको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । रासस

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।