ग्लोबल आइएमई बैंकले औपचारिक रुपमा नै रु आठ अर्ब पूँजी पु¥याएको छ । नेपाल राष्ट्र बैंकले तोकेको समयसीमा भन्दा पहिले नै ग्लोबल आइएमईले चुक्ता पूँजी आठ अर्ब पु¥याएको हो ।
केन्द्रीय बैंकले चालु आवको अन्तयसम्म क वर्गका बैंक तथा वित्तिय संस्थालाई चुक्तापूँजी रु आठ अर्ब पु¥याउन वाध्यकारी निर्देशन दिएको थियो ।
बैंकको विशेष साधारण सभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्बन्धि विषेश प्रस्ताव पारित गरेको छ ।
विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्ता पूँजी रु १ अर्ब १ करोड ४ लाख रहेको छ ।
सभाले रिलायबल डेभलपमेन्ट बैंकको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ८२.९० कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्नेसहितको विषेश प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
प्राप्ती पश्चात् ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी रु ८ अर्ब ८ करोड ३ लाख पुग्नेछ भने शाखा संख्या ११२, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुग्ने छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...
Comments
Post a Comment