Skip to main content

गृहमन्त्री शर्माले भने भोट खरिद हुन सक्छ चनाखो बस्नु

११ असार, दाङ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले चुनावमा जनताको मत किनबेच हुन सक्ने भन्दै निगरानी गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । उनले शान्ति सुरक्षा सुदृढ बनाइएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन र मतदान गर्न आग्रह पनि गरे । आइतबार बिहान दाङको राप्ती गाउँपालिका–१ मा आयोजित कार्यक्रममा शर्माले भने, ‘चुनावमा जनताको मत किनबेच हुनसक्छ चनाखो हुनुहोला र कुनै डर नमानी भोट हाल्नुहोला ।’ ‘जनताले खाना खुवाए, हामीले अधिकार दियौं’ माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री शर्मा बिभिन्न चुनावी सभामा सहभागी हुन आइतबार दाङ आएका छन् । उनको पहिलो सभा लालमटियाबाट सुरु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले माओवादी उम्मेदवारहरु विजयी भएमा शासक नभई जनताको कामदारको रुपमा काम गर्ने बताए । उनले झूठा आश्वासन नदिने बरु काम गरेर देखाउने बताए । ‘हाम्रा उम्मेदवारहरु जनताको मन जितेर अघि बढ्छन् । आश्वासन बाँड्दैनन्,’ मन्त्री शर्माले भने, ‘हामी हाम्रा उम्मेदवारलाई शासक बन्न दिँदैनौं उनीहरुले जनताको कामदारको रुपमा काम गर्नेछन् ।’ जनयुद्धकालमा आफूहरुलाई जनताले खाना खुवाएर र प्रहरी प्रशासनबाट जोगाएर राखेको स्मरण गर्दै मन्त्री शर्माले अहिले आफूहरुले जनतालाई अधिकार सम्पन्न गराएर गुन तिरेको टिप्पणी गरे । माओवादीकै पहलमा जारी भएको संविधानमा २२ वटा मौलिक अधिकार उल्लेख भएको भन्दै उनले त्याग र बलिदानबाट प्राप्त ति अधिकारहरुलाई चुनावमार्फत कार्यान्वयन गर्दै अघि बढ्ने बताए । ‘हामी जनताको निर्वाचित सरकार निर्माण गर्दै संविधान निर्माण प्रक्रियामा छौं । संविधान धारामामात्र लेखिएका अधिकार कार्यान्वयनको चरणमा छौं,’ मन्त्री शर्माले भने, ‘लाखौं जनतालाई आन्दोलनमा उतारेर प्राप्त भएको अधिकार हो यो । हिजो जनताका भात र रोटी खायौं आज अधिकार सम्पन्न बनाएका छौं ।’ देश २० वर्षदेखि माओवादीको एजेण्डामा अघि बढेको भन्दै उनले आफूहरुले जनता र राष्ट्रलाई कहिल्यै धोका नदिएको दाबी गरे । विगतमा बनेका कांग्रेस–एमालेका सरकारहरुले जनतालाई माओवादीले जति अधिकार दिन नसकेको मन्त्री शर्माले बताए । विगतमा जनताको अधिकारको विषयमा मुख नखोल्नेहरु अहिले अंशियार बनेर आएको भन्दै मन्त्री शर्माले प्रश्न गरे, ‘पटक–पटक सरकारमा बसेकाहरुले के गरे ? थारुको नारा लिएर अंशियारहरु आएका छन् । उनीहरु हिँजो कहाँ थिए ?’ राजनीतिक इच्छाशक्ति भए १० वर्षभित्र देश समृद्ध छोरा–छोरीहरुले आफ्नो तलबको १० प्रतिशत आमा–बुवालाई दिर्नैपर्ने व्यवस्था पनि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले नै लागू गरेको मन्त्री शर्माले बताए । ‘अब वृद्धवृद्धालाई दुई हजार दिएर जीवन चल्दैन । त्यसैले छोरा–छोरीले कमाइको १० प्रतिशत दिनैपर्ने कानुन प्रचण्ड सरकारले बनाएको छ,’ उनले भने । अबको राष्ट्रिय एजेण्डा आर्थिक समृद्धि हो भन्दै उनले राजनीतिक इच्छाशक्ति भए १० वर्षमा नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने धारणा राखे । अघिल्लो सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारीमा रहँदा देशबाट लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका शर्माले भने, म सरकारमा रहँदाको अनुभवले भन्छ, १० वर्षभित्र देशलाई समृद्ध बनाउन सकिन्छ । त्यो आत्मविश्वास बढेको छ ।’ माओवादी केन्द्रले तल्लो वर्गलाई माथि उठाउने, आर्थिक समृद्धि हासिल गर्ने, भौतिक पूर्वाधारको विकास गर्ने, सरकारी विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धी बनाउने र स्वास्थ्य बीमामार्फत सबैलाई उपचारको व्यवस्था मिलाउने मन्त्री शर्माले बताए । गृहमन्त्री शर्मा आज दाङको भालुवाङ, गढवा, लमही, नारायणपुर, तुलसीपुर, श्रीगाउँ, हापुरे लगायत स्थानमा आयोजित सभामा सहभागी हुने कार्यक्रम छ ।

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।