बारेकोट गाउँपालिका–४ जिरीमा रहेको ऐयारीखोला लघु जलविद्युत् आयोजनाको निर्माण थालिएको ८ वर्ष बितिसक्दा पनि अझै अलपत्र छ। लघु सो आयोजना निर्माणका लागि खरिद गरिएका सामान यत्रतत्र छरिएर रहेका र कतिपय विद्युतीय सामानमा खिया लागेर पात पतिङ्गरले पुरिएका छन्।
सो आयोजनाका लागि गठित उपभोक्ता समितिको लापरबाहीका कारण निमार्ण सुरु भएको ८ वर्ष बितिसक्दा पनि पूरा नभएको स्थानीयवासीको भनाइ छ ।
उपभोक्ता समितिले अन्य उपसमितिलाई कुनै जिम्मेवारी नदिएको सामान खरिद उपसमितिका अध्यक्ष जयलाल रावतको गुनासो छ। सामान खरिद उपसमितिको आफू संयोजक भएपनि सो आयोजनाका लागि कहाँबाट कति सामान खरिद गरिएको छ भन्ने आफूलाई थाहा नभएको जयलाल उनले बताए।
आठ वर्षको अवधिमा तीन पटक उपभोक्ता समिति फेरबदल भइसकेको छ। सुरुमा गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर रावतले आयोजनाका सम्पूर्ण कागजात सचिव पदमबहादुर शाहीसंग भएकाले यसको यथार्थ विवरण आफूसंग नभएको बताए।
सो आयोजनाका लागि संसद विकास कोषबाट प्राप्त भएको रु सात लाख दोस्रो पटकका अध्यक्ष प्रकाण्ड रावतले चलाएको तर उहाँको पालामा पालामा कुनै पनि काम नभएको पूर्व अध्यक्ष रावतले उल्लेख गरे।
गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा सिर्जना बस्नेत निर्वाचित भएपछि वडास्तरीय प्रथम बैठकमा आगामी दसैँमा गाउँमा बत्ती बाल्न प्रकाण्डको समितिलाई विघटन गरेर लालबहादुर सिंहको अध्यक्षतामा तेस्रो उपभोक्ता समिति गठन गरिएको छ। रासस
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

Comments
Post a Comment