Skip to main content

जनताका नायक कोइराला

(सिबी अधिकारी) काठमाडौँ, २७ माघ । हलिउडमा हिरो बन्ने उत्कट चाहनाका साथ अमेरिका जाने अन्तीम तयारीका बेला नेपाली राजनीतिले यु टर्न गरिदियो र हलिउडको नायक बन्ने सपना अधुरै रह्यो, राजनीतिक यात्रा पो सुरु भो – सुशील कोइरालाको । पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई तत्कालीन राज महेन्द्रले विसं २०१७ साल पुस १ गते अपदस्त गर्दै पञ्चायती व्यवस्था लादेपछि कोइरालाको हलिउडको नायक बन्ने सपना अधुरै रह्यो । नयाँ बाटो पो तय भो –जनताको नायक बन्ने । लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, लोकान्त्रिक मूल्य र मान्यताका प्रतिमूर्ति कोइराला जसले, लामो राजनीतिक जीवनमा आफ्नो अनुपम उदाहरणीय छवि बनाउनुभयो , आफ्नो राजनीतिक यात्राका क्रममा । निर्वासन, जेल र विमान अपहरणका आरोह अवरोह कोइरालाका यात्रालाई कुनै विचलन ल्याएन । संविधान सभाबाट संविधान बनाउने छ दशक भन्दा लामो नेपाली जनताको सपना साकार पार्न कोइरालाको अथक योगदान रह्यो । उहाँकै नेतृत्वमा मुलुकले नयाँ संविधान पायो । वि.स. २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन र २०७० मङ्सिर ४ गते भएको दोस्रो संविधानसभा निर्वाचनपछि चारजना प्रधानमन्त्री बने तर संविधान जारी गर्ने सौभाग्य कोइरालाले पाउनुभयो । यसले कोइरालाको राजनीतिक उचाइलाई थप उँचो बनायो । गणतन्त्र नेपालको छैटौँ प्रधानमन्त्री बन्नुभएका कोइरालालाको सोमबार राति १२ः५० बजे आफ्नै निवास महाराजगञ्जमा ज्वरो र निमोनियाका कारण निधन भएको थियो । पार्टीको सर्वोच्च पद सभापति र मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री हुँदा समेत कोइरालालाई कुनै लाभ र लालसका आकाङ्क्षाले छोएन । बरु कोइरालाले नेपालको राजनीतिका नेतृत्वलाई असल चरित्रको नमुना प्रदर्शन गरेर सबैको प्रशंसा हासिल गर्नुभयो । कोइरालाको देहावसनपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट उहाँको सादगी, निष्ठापूर्ण राजनीतिक योगदान र उदाहरणीय व्यक्तित्वका रूपमा मुक्त कण्ठले प्रशंसा हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, देशभक्त राजनीतिज्ञ र अग्रणी व्यक्तित्व भएको चर्चा गर्दै उहाँको निधनबाट देशलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले स्व. कोइरालालले निरङ्कुशता विरुद्ध लोकतन्त्रको स्थापनाका साथै संविधान निर्माणका लागि खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसाका साथ स्मरण गर्नुभएको छ । सहमति, सहकार्य र एकताका अगुवा कोइरालाले संविधान सभाबाट संविधान निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्नुभयो । संविधानको सफल कार्यान्वयनमा उहाँको अभाव खड्कनेछ प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष ओलीले वताउनुभयो । नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले सभापति कोइरालाको निधनबाट पार्टीलाई मात्र नभई मुलुकको राजनीति र लोकतान्त्रिक मूल्य मान्यतालाई समेत अपूरणीय क्षति पुगेको बताउनुभएको छ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला नेपाली राजनीति तथा लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा र स्थापित व्यक्तित्व रहेको बताउनुभएको छ । –ः २२ ः– कोइरालाको निधनप्रति समवेदना सन्देश दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिमा लामो समय सेवा गर्नुभएका कोइरालाको निधनबाट नेपाली काँग्रेसले शीर्ष नेता र भारतले असलमित्र गुमाएको बताउनुभएको छ । उहाँले कोइरालाको सरलताले सबैलाई पाठ सिकाएको पनि उल्लेख गर्नुभएको छ । मङ्गलबार काठमाडौँ आउनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्व. कोइरालाप्रछि श्रद्धाञ्जलि अर्पण गर्दै स्व. कोइराला सादा जीवन र उच्च विचारका एक सच्चा र इमान्दार नेता भएको बताउनुभएको छ । त्यस्तै चीनका विदेशमन्त्री वाङ्चीले पनि समवेदना सन्देश पठाई स्व. कोइराला एक सादगी, लगनशील र सफल राजनीतिज्ञ भएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घका महासचवि बान की मुनले नेता कोइरालाको असामयिक निधनबाट आफू मर्माहत भएको उल्लेख गर्दै उहाँ सबैका आदरणीय राजनेता हुनुहुन्थ्यो भन्नुभएको छ । महासचिवका तर्फबाट उहाँका प्रवक्ताले आज जारी गर्नुभएको वक्तव्यमा महासचिव बानले जटिल सङ्क्रमणकाल र संवैधानिक प्रक्रियाका बेला नेपाललाई नेता कोइरालाले मार्गनिर्देश गर्नुभएको बताउनुभएको छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न रही उहाँ काँग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यबाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो । पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म १९९६ साउन २८ गते मोरङको विराटनगरमा भएको थियो । उहाँको पुख्र्यौली थलो सिन्धुलीको दुम्जा हो । राजनीतिका क्रममा डेढदशक निर्वासन जीवन व्यतित गर्नुभएका कोइरालाले जीवनका अनेकौ हन्डर खानुभयो । उहाँले छ वर्ष जेल जीवन बिताउनुभएको थियो । निर्वासनपछि २०३६ सालको जनमत सङ्ग्रह र वि.सं २०४६ को प्रथम जनआन्दोलनमा पनि उहाँको सक्रिय भूमिका थियो । बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उहाँ २००७ सालको जहानियाँ राणासासन अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी हुनुभएको थियो । विसं २०१० देखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा काँग्रेस केन्द्रीय सदस्य हुनुभएको थियो । नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद जस्ता नेतासँग निकट रही काम गर्नुभयो । कोइरालाले पत्रकार (‘तरुण’ पत्रिकाको सम्पादक) का रूपमा पनि काम गर्नुभएको थियो ।

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।