विभिन्न धारका माओवादीले आज २१ औं जनयुद्ध दिवस मनाउँदैछन् । जनयुद्धदेखि माओवादी आन्दोलन र पार्टीको नेतृत्व एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले गर्दै आएका छन् । माओवादी र त्यसको मूल नेतृत्वको हैसियतमा १० वर्षको सशस्त्र जनयुद्ध र १० वर्षको शान्तिपूर्ण राजनीति प्रचण्डका लागि उतार–चढावपूर्ण रह्यो । २१ औं जनयुद्धको दिवसको अवसरमा रातोपाटीका लागि Discovery News Network का प्रधानसम्पादक ओम शर्माले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग विशेष कुराकानी गरेका छन् ।
१. २०५२ फागुन १ गते कहाँ हुनुहुन्थ्यो, त्यो दिन तपाईंको दिमागमा के कुरा खेलिरहेको थियो ?
त्यस दिन म काठमाडौंमै थिएँ । त्यतिबेलाको बसाइ कलंकीमा थियो । नयाँ इतिहास बनाउने संकल्पसहित त्यो दिन हामीले युगान्तकारी जनयुद्ध घोषणा गरेका थियौं । त्यतिबेला मेरो दिमाग क्रान्तिकारी रोमाञ्चले निकै तरंगित भएको थियो, जुन अहिले पनि म उस्तै रूपमा स्मरण गर्छु ।
२. सिन्धुली, गोरखा र रोल्पामा जनयुद्धको पहिलो फौजी कारबाही गर्नुभयो । राज्यविरुद्ध घोषितरूपमा युद्ध अगाडि बढाउने त्यो कारवाही हुँदा त्यसबेला ठ्याक्कै के सोच्नुभएको थियो ?
हामीले जनयुद्धको थालनी वा कारबाही गर्ने प्रक्रियामा केही कुरालाई केन्द्रमा राखेका थियौं र त्यसलाई गम्भीर ढंगले बुझेका थियौं । त्यो हो नेपाली विशेषता । माक्र्सवादका आधारभूत सिद्धान्तहरूलाई नेपाली विशेषतामा मिलाइएन भने जनयुद्धजस्तो हिंसात्मक विद्रोह अघि बढ्न सक्दैन । त्यही निष्कर्षसहित हामीले प्रतीकात्मक कारबाही अघि बढाएका थियौं । रोल्पाको होलेरी कारबाही राज्यसंरचनाका विरुद्व विद्रोहको प्रतीकका रूपमा गरिएको थियो । गोरखामा कृषि विकास बैंकमाथिको आक्रमण किसान विद्रोह र मुक्तिको प्रतीकका रूपमा गरिएको थियो । काभ्रेमा पनि सामन्त, जमिन्दारका विरुद्व कारवाही गरिएको थियो । यसरी हेर्दा सबै कारबाहीको प्रकृति नेपालको दलाल, नोकरशाह र सामन्त वर्गको राज्यमाथि प्रहार गर्ने उद्देश्यद्वारा निर्देशित र परिलक्षित थिए ।
अर्को स्मरणयोग्य कुरा के छ भने कुनै एउटा चिङकाङसान (चिनियाँ क्रान्तिको आधार इलाका) बनाएर नेपालमा जनयुद्ध सुरु गर्न सम्भव छैन भन्ने कुरामा हामी सुरुमै प्रष्ट थियौं । नेपालको भू–राजनीतिक बनोट, इतिहास, संस्कृति, जातीय बनावट, यी सबै कुरा हेरेर हामीले निष्कर्ष निकालेका थियौं–एक ठाउँबाट होइन, देशका विभिन्न ठाउँबाट विद्रोह अगाडि बढाउनुपर्छ । यही निष्कर्षअनुसार नै हामीले विभिन्न जिल्लामा कारबाही गरेका थियौं । १५ दिनमै हामीले हजारौं साना कारवबाही सञ्चालन गरेका थियौं ।
prachanda interview in guest room (8)
३. जनयुद्धका लागि फागुन १ नै रोज्नुको विशिष्ट कारण छ ?
हो, फागुन १ नै रोज्नुको केही कारणहरू छन् । राजनीतिक विद्रोह र आन्दोलन प्रायः यही महिनामा भएको छ, त्यो इतिहासले पनि हामीलाई फागुन महिना रोज्न प्रेरित गर्यो । अर्को कुरा, फागुन ७ लाई बुर्जुवाहरूले ठूलो उपलब्धिको दिनका रूपमा लिन्छन् । मजदुर, किसानको लोकतन्त्र फागुन १ लाई बनाउनुपर्छ भन्ने उद्देश्य र वर्गीय अवधारणासहित ७ भन्दा अगाडि १ मै सुरु गरेर हामी अग्रगामी हौं भन्ने सन्देश दिन पनि त्यो दिन रोजेका थियौं ।
४. सुरुमा त आशंका हुने नै भए, जनयुद्ध सुरु भएपछि अब चाहिँ धक्का–मुक्का ढंगले अगाडि बढाउन सकिन्छ भन्ने तपाईंलाई कहिले लाग्यो ?
खासगरी एक दशक नेपालको कम्युनिष्ट आन्दोलनभित्र र आफ्नै पार्टीभित्र पनि ठूलोे विचारधारात्मक अध्ययन, बहस, छलफल र संघर्ष चलेको थियो । त्यस संघर्षको बीचबाट मैले माक्र्सवादलाई जसरी आत्मसात गरेँ, नेपालको इतिहासको जसरी अध्ययन गरेँ, त्यसबाट जनयुद्ध सफल हुनेमा विश्वस्त थिएँ । त्यतिबेला म, मोहन वैद्य ‘किरण’ र रामबहादुर थापा ‘बादल’ नेपालमा जनयुद्ध सम्भव छ त भन्नेबारे ठूलै अध्ययनमा लागेका थियौं । त्यसका लागि विश्व इतिहास, दर्शन, राजनीतिक अर्थशास्त्र अनि वैज्ञानिक समाजवादका क्षेत्रका अनुभवहरू, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपालकै अध्ययनमा हामी असाध्यै धेरै केन्द्रित भएका थियौं । गहन अध्ययनबाट हामी यो निष्कर्षमा पुग्यौं कि जनयुद्ध एउटा राजनीतिक धक्काको रूपमा लुकीछिपी नभएर जनतालाई थाहा दिएर सुरु गर्नुपर्छ । यही निष्कर्षका आधारमा हामीले सबैलाई जानकारी दिएर नै जनयुद्ध सुरु गरेका थियौं ।
५. पहिलो वार्ता हुँदा कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी र अग्नि सापकोटालाई काठमाडौं पठाउनुभयो ? उहाँहरूलाई के भनेर पठाउनुभएको थियो, त्यसबेला ?
हामीले पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनपछि मूल राजनीतिक कार्यनीति भनेर संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रिया पारित गराएका थियौं । यो वार्तामा अन्य विषय पनि थिए, तर मुख्य विषय यसलाई नै बनाएका थियौं । यहाँनिर विचारणीय कुरा के छ भने संविधानसभाबाट संविधान बनाउँदा लोकतान्त्रिक र वैधानिक पनि हुने र जनताको सहभागिता पनि हुने सोचेर हामीले महराजीको नेतृत्वमा वार्ता टोली पठाएका थियौं ।
६. त्यसबेला तपाईंलाई कत्तिको विश्वास थियो वार्ताबाट निकास सम्भव छ भन्नेमा ?
पहिलोपटक वार्ता गर्न टोली पठाउँदा मलाई वार्ताबाट कुरा मिल्छ भन्ने विश्वास थिएन । त्यतिबेला नै सरकार र राज्यले निकास दिन्छ भन्ने लागेको थिएन ।
prachanda interview in guest room (2)
७. पहिलो वार्ता भंग हुँदा कस्तो महसुस भएको थियो ?
पहिलो वार्ता भंगलाई मैले स्वभाविकरूपमा लिएँ । पहिलो वार्ता टोली बनाउँदा राज्य र सरकारमा रहेका पार्टीहरूको अहंकार घटेकै थिएन । उनीहरूले जनताको आवाजलाई सुनिहाल्छन् र जनताका कुरा मानिहाल्छन् भन्ने कुरा नलागेकाले भंग भएपछि पनि त्यसलाई स्वभाविक रूपमा लिइयो । त्यसपछि हामी ठूला–ठूला फौजी र राजनीतिक आक्रमणमा लाग्यौं ।
८. ०५८ मंसिर ८ मा दाङलगायतका ठाउँमा पहिलोपटक सेनामाथि हमला गर्नुभयो । सेनामाथि हमला गरेर के सन्देश दिन खोज्नुभएको थियो ?
नेपाली जनताको विद्रोह र क्रान्ति नयाँ चरणमा प्रवेश गर्यो भन्ने सन्देश हामीले यो आक्रमणबाट दिन चाहेका थियौं । राज्यले जसरी माओवादी विद्रोह र आन्दोलनलाई अवमूल्यन गरिरहेको थियो, उसलाई हाम्रो हैसियत देखाउन पनि यो आक्रमण आवश्यक थियो । क्रान्ति नयाँ चरणमा पुग्यो भन्ने सन्देश दिनकै लागि हामीले यो आक्रमण गरेका थियौं ।
२१ औं जनयुद्ध दिवसमा प्रचण्डलाई ३१ कठोर प्रश्न
Posted by Rato Pati on Friday, February 12, 2016
९. दोस्रो वार्ता सफल होला भन्ने विश्वास थियो वा थिएन ?
दोस्रो वार्ता टोली ‘हाइलेभल’मा नै विचार गरेर पठाइएको थियो । वार्ता टोलीको संरचना जस्तो थियो, पहिलो भन्दा दोस्रोबाट केही निकास निस्कन्छ कि भन्ने अपेक्षा अलि बढी थियो । तर, विश्वस्त फेरि पनि थिएनौं । सरकारमा असाध्यै उतार–चढाव र सरकारमा रहेका दलबीचको अन्तरविरोध चर्किएर गइरहेको थियो । यस्तो कमजोर सरकार भइरहेका बेला सरकारले निकास देला भन्नेमा ढुक्क हुने र विश्वास गर्ने आधार थिएन । तर, सरकार कमजोर हुँदै गएको र परिस्थिति झन् जटिल बन्दै गएको स्थितिमा पार्टीहरूलाई पनि पहिलो वार्तामा भन्दा दोस्रो वार्तामा हामीसँग सम्झौता गर्ने या सहमति खोज्ने वाध्यता बढेको थियो । हाम्रो आसा पनि बढेको थियो । तर, विश्वस्त हुन सकेका थिएनौं ।
१०. दोस्रो वार्ता भंग हुँदा तपाईंलाई के लागेको थियो ?
त्यतिबेला पनि मलाई स्वभाविक नै लागेको थियो ।
११. ज्ञानेन्द्र शाहको कदमले माओवादी जनयुद्धका लागि केही अर्थ राख्यो ?
ज्ञानेन्द्रको कदम प्रतिक्रान्तिको परकाष्ठा थियो । पुरानो राज्यमा प्रतिगमनको उत्कर्ष थियो ज्ञानेन्द्रको कदम । हामी क्रान्तिको प्रक्रियामा नयाँ–नयाँ उचाइमा जाँदै गर्दा ज्ञानेन्द्रले चालेको कदमले फाइदा नै भयो । हामीले ज्ञानेन्द्रको नकारात्मक कदमको बीचमा कहीँ न कहीँ सकारात्मक तालमेल गर्यौं । खासगरी, ज्ञानेन्द्रको त्यो कदमबाट प्रताडित कांग्रेस–एमालेसँग नजिक्याउन यसले भूमिका खेल्यो । यो हाम्रा लागि अवसर बनेर आएको थियो ।
१२. संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा चुनवाङबाट कसरी जन्मिएको थियो ? यसका पछाडिको सबैभन्दा महत्वपूर्ण कारण के मान्नुहुन्छ ?
चुनवाङबाट नै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा जन्मियो भन्ने कुरा सत्य होइन । त्योभन्दा पहिले दोस्रो राष्ट्रिय सम्मेलनको बेलादेखि नै मैले प्रस्तुत गरेको दस्तावेजमा ती कुराहरू प्रष्ट छ । राजतन्त्र अन्त्य गर्ने, सर्वपक्षीय सम्मेलन गर्ने, संविधानसभा र गणतन्त्रका कुरा त्यसमा थियो । गणतन्त्र कार्यनीतिका रूपमा हामीले दोस्रो राष्ट्रिय सम्मेलनबाट अघि सार्यौं, त्यो जनवादी गणतन्त्र थिएन, संघीय लोकतान्त्रिक गणतन्त्रकै थियो । चुनवाङ बैठकले त्यसलाई अझ प्रष्टरूपमा राखेर अब व्यवहारमा नै यसलाई लिएर जानुपर्छ भन्ने कुरामा जोड दिएको हो । तर, त्यो कार्यनीति चुनवाङबाट सुरु भएको भन्ने होइन, यो गलत हो । कतिपय व्यक्तिहरू यो कार्यनीति प्रचण्डको होइन पनि भन्छन्, यो भन्दा ठूलो झूट र अनैतिकता मेरो दृष्टिमा अरू केही होइन ।
१३. त्यो कार्यदिशा पारित गरेर अगाडि नबढेको भए जनयुद्ध के हुन्थ्यो, कहाँ हुन्थ्यो जस्तो लाग्छ ?
दोस्रो राष्ट्रिय सम्मेलनमा नेपाली धरातलीय यथार्थता, वर्गशक्ति सन्तुलन, जनताको आन्दोलनलाई बुझेर हामीले त्यो कार्यदिशा लिएका थियौं । यदि नेपालको भू–राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई हेरेर त्यो कार्यदिशा नलिएको भए नेपालको जनयुद्धको पनि त्यस्तै नियती हुन्थ्यो, जस्तो पेरू, बर्मा र मलायाको भएको थियो । दोस्रो राष्ट्रिय सम्मेलनले अंगीकार गरेको कार्यनीतिले नै माओवादी युद्धलाई विकासको उत्कर्षमा पुर्यायो, सम्झौतामार्फत नेपालमा ठूलो राजनीतिक परिवर्तनको प्रमुख कारण पनि बन्न सक्यो । यसअर्थमा मलाई दोस्रो राष्ट्रिय सम्मेलनको निर्णयप्रति गर्व छ ।
prachanda interview in guest room (1)
१४. शान्तिपूर्ण र सशस्त्र संघर्ष गरिरहेका पार्टी मिलेर आन्दोलन गर्ने जनयुद्ध नयाँ प्रयोग तपाईंहरूले गर्नुभयो, तपाईंलाई त्यो आन्दोलनको ढाँचा बनाउँदा लागेको थियो कि यो प्रयोग सफल नहुन पनि सक्छ ?
विद्रोहको नेतृत्व गरिरहेको पार्टीको लिडर हुनुको नाताले मलाई नेतृत्वले कसरी सोच्छ भन्ने कुराले त्यो आन्दोलन र देशको आन्दोलन कसरी अघि जान्छ भन्ने कुरामा झण्डै–झण्डै निर्णायक भूमिका खेल्छ भन्ने विश्वास थियो । जब जनयुद्ध ५ वर्ष पूरा गरेर ६ वर्षमा प्रवेश गर्दै थियो, त्यसपछि मलाई लाग्यो– नेपालको राजनीतिलाई अब नयाँ प्रयोग गर्नुपर्छ । त्यसैले हामीले नेपाली कांग्रेससँग पटक–पटक र एमालेसँग लखनउ, दिल्ली र पटना त कहिले देशभित्रै बारबार छलफल गर्यौं । द्वन्द्वात्मक भौतिकवादअनुसार छ भनेर यो राजनीतिक प्रयोग गर्ने जुन दृष्टिकोण मैले बनाएँ, म त्यो सफल हुने कुरामा पहिलेदेखि नै विश्वस्त थिए ।
१५. ०६२–०६३ को आन्दोलन सफल भएको दिन कस्तो महसुस भयो ?
०६२–०६३ को जनआन्दोलन १२ बुँदे समझदारीमा आधारित थियो । किनभने आन्दोलनको कुरा यथास्थितिवादी पार्टीहरू कांग्रेस–एमालेले लामो समयदेखि गर्दै आइरहेका थिए । ज्ञानेन्द्रले प्रतिगमन गरेदेखि नै उहाँहरू आन्दोलनमा भए पनि जनतामा उहाँहरूको आन्दोलनप्रति बिल्कुल विश्वास थिएन र ठूलो निराशाको स्थिति थियो । जब माओवादीले संसद्वादी पार्टीसँग सम्झौता गर्यो भन्ने कुरा भयो र जनतामा आन्दोलनमा जान हामीले अपिल गर्यौं, त्यसपछि नै ०६२–६३ को आन्दोलनले नयाँ गति लिएको हो । त्यसकारण मलाई के लाग्छ भने जनयुद्ध र जनआन्दोलनको फ्युजन गर्ने जो सोचाइ हामीले ५–७ वर्षदेखि बनाउँदै लगेका थियौं, त्यसको प्रयोगको सुन्दर परिणति हो– ६२ ६३ को आन्दोलन । हुन त यो कुरा अहिले कांग्रेस, एमाले र बुर्जुवा यथास्थितिवादी शक्ति मान्न तयार छैनन् । उनीहरूले जनता र क्रान्तिको नेतृत्व गर्ने नायकलाई कुनै हालतमा स्थापित हुन दिन चाहँदैनन् । उनीहरूका नेता जतिसुकै असक्षम भए पनि, केही भूमिका नभए पनि देउताजसरी सम्मान गर्छन् । क्रान्तिका नेताहरूले इतिहासमा ठूलाठूला परिवर्तन सम्भव बनाएर युग नै बदल्दा पनि उनीहरूले केही नै गरेका होइनन्, हामीले नै गरेको हो जस्तो गर्छन् । तर, यथार्थ यथार्थ नै हुन्छ । त्यसलाई इतिहासले सयौं वर्षसम्म पनि खोतलिरहन्छ, कसैले कमजोर आँक्दैमा यो कमजोर हुँदैन । सत्य यही हो कि जनयुद्धको जगमा नै ०६२–६३ को आन्दोलन भएको हो । यसमा जनयुद्धमा सहभागी सबैले गर्व गर्नुपर्छ ।
१६. सिक्लेसबाट तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले हेलिकप्टर चढाएर काठमाडौं ल्याउनुभयो, हेलिकप्टर चढेको बेला तपाईंको दिमागको के कुरा खेल्यो ?
मैले जुन राजनीतिक प्रयोग र विकासको छलफल पार्टीभित्र र बाहिर चलाइरहेको थिएँ, त्यही प्रयोगको नयाँ कडीका रूपमा मैले यसलाई लिएको थिएँ । जतिबेला म पहिलोपटक सरकारको हेलिकप्टर पोखराबाट चढ्दै थिएँ, मलाई त्यो नयाँ राजनीतिक प्रयोग र नयाँ इतिहास रचना गर्ने कडी हो भन्ने अनुभूति भएको थियो ।
prachanda interview in guest room (7)
१७. ०६३ असार २ गते बालुवाटारमा राष्ट्रिय–अन्तर्राष्ट्रिय संचारमाध्यमका क्यामराका फलासहरू झेल्दा भूमिगत नेता तपार्इंलाई कस्तो अनुभूति भएको थियो ?
अनुभूतिको दृष्टिकोणबाट त नयाँ थियो, तर ममा राष्ट्र, जनता, क्रान्ति र परिवर्तनप्रति जुन जिम्मेवारी बोध थियो, त्यसको ‘स्टेयरिङ’ र ‘गियर’ बदलेर नयाँ प्रक्रियामा लैजानुपर्छ भन्ने लागिसकेको थियो । त्यही हुनाले त्यो दिन मैले सहज रूपमा मिडिया ‘फेस’ गरेँ ।
१८. संविधानसभाको चुनावका लागि उम्मेद्वारी दर्ता गराउँदा के सोच्नुभयो ?
आफ्नो राजनीतिक कार्यनीति सफल हुँदैछ भन्ने कुराको अनुभूत भएको थियो, मलाई त्यतिबेला । किनकि ०५७ सालमा संविधानसभाबाट संविधान बनाउने प्रक्रियालाई नै मूल कार्यनीति बनाउनु पर्छ भनेर लडेको थिएँ । त्यो एजेन्डामा सिंगो देश नै तयार भएर जाँदै गरेको अवस्थामा म रोमाञ्चित नहुने कुरै भएन । अझै त्यसको उम्मेद्वार बन्दैछु भन्ने अनुभूतिले निकै उत्साहित बनाएको थियो, त्यतिबेला ।
१९. प्रधानमन्त्रीको सपथ लिएर सिंहदरवार फर्कंदा झण्डावाल गाडीमा हुनुहुन्थ्यो, त्यो बेला बाटोमा मनमा के कुरा खेल्यो ?
यो एउटा राजनीतिक आन्दोलन र क्रान्तिको इतिहासमा अविस्मरणीय घटनाक्रम हो भन्ने मलाई लागिरहेको थियो । अर्कातिर, यो बडो जोखिमपूर्ण प्रयोग गरिरहेको छु भन्ने पनि थियो । सपथ लिएर प्रधानमन्त्रीको कार्यालयमा गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री भएर प्रवेश गर्दा म असाध्यै खुसी पनि थिइनँ, जोखिमपूर्ण यात्रामा जाँदा के होला भन्ने कुरा मेरो दिमागमा आइराखेको थियो । आफ्नो बाटो जोखिमपूर्ण भएको मलाई राम्रै हेक्का थियो । पार्टीभित्र–बाहिर र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले कसरी मलाई हेर्लान् भन्ने कुरा र त्यसभित्र आउन सक्ने जोखिमका कुरा मेरो दिमागमा खेलेका थिए । साँच्चै भन्नुहुन्छ भने झण्डै–झण्डै त्यो मेरा लागि झिलिमिली जस्तै थियो । भर्खरै जनयुद्धको आधार इलाकाबाट आएर तुरुन्तै प्रधानमन्त्री हुने कुरा हाम्रो कल्पनामै थिएन । हामी मन्त्री र प्रधानमन्त्री हुन जनयुद्धमा हिँडेका पनि थिएनौं । नसोचेको स्थितिमा आइपुगेकाले मलाई झिलिमिलीजस्तै महसुस भयो ।
म राति ३ बजेबाट सोच्दै गएर ५ बजेसम्म राजीनामा दिने निष्कर्षमा पुगेँ । किन पुगेँ भन्ने कुराको त लामो कथा छ । तर पनि म के भन्छु भने पार्टीभित्र–बाहिर र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको भयानक चलखेल देखेपछि यसको विरुद्व खडा हुनुपर्छ भन्ने निष्कर्षका साथ मैले राजीनामा दिएको थिएँ ।
prachanda interview in guest room (4)२०. कट्वाल काण्डमा राजीनामा दिनुभयो । त्यो रात निद्रा लाग्यो कि धेरै चिन्तन मननमै रात बित्यो ?
अब राजीनामा दिन्छु भन्ने कुरा पार्टीभित्र कसैलाई पनि भनेको थिइनँ, बाहिरकाले त झन् कल्पना पनि गरेका थिएनन् । सरकारमै भएका पार्टीहरूले पनि यस्तो सोचेका थिएनन्, किनकि म अत्यधिक बहुमतमा थिएँ । म राति ३ बजेबाट सोच्दै गएर ५ बजेसम्म राजीनामा दिने निष्कर्षमा पुगेँ । किन पुगेँ भन्ने कुराको त लामो कथा छ । तर पनि म के भन्छु भने पार्टीभित्र–बाहिर र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको भयानक चलखेल देखेपछि यसको विरुद्व खडा हुनुपर्छ भन्ने निष्कर्षका साथ मैले राजीनामा दिएको थिएँ । राजीनामा दिनुभन्दा ५–७ दिन अगाडिदेखि बालुवाटारमा झण्डै–झण्डै झडपको अवस्था थियो, कतिबेला झडप हुने हो भन्ने त्रासमा म थिएँ । फौजी झडप नै हुने हो कि भन्ने अवस्थाबाट पनि गुज्रिएको, पार्टीभित्र पनि एकखालको जटिलता देखिएकाले तनाव भएको थियो । तर, म सरकारमा हुँदा कसैले पनि दायाँ–बायाँ गर्यो भनेर भन्न सकेनन् । त्यो इतिहासकै सबैभन्दा देश र जनताको सेवामा केन्द्रित सरकार थियो । तर, त्यसलाई निकै घेराबन्दी र दबाब भयो । यही कारण बिहान स्थायी समिति बैठक राखेर प्रस्ताव लगेँ र राजीनामा दिने निर्णय गराएँ । धेरैले यो कुरा पत्याउन नसक्ने खालको थियो । त्यो सरकारले धेरै राम्रो नीति तथा कार्यक्रम ल्याएको थियो, तर त्यसको अहिले चर्चा गरिन्नँ ।
२१. दोस्रो संविधानसभामा तेस्रो पार्टी भएको रात के–के कुरा मनमा खेल्यो ?
मैले यो कुरा धेरैपटक भनेको छु, लामो भन्न चाहन्नँ । मलाई सपनाबाट ब्युँझिएजस्तो लागेको थियो त्यो परिणाम सुन्दा । दोस्रो संविधानसभाको निर्वाचन अगाडिमात्र होइन, निर्वाचन सकिएलगत्तै जनता र निर्वाचन सफल पार्नेलाई धन्यवाद दिएँ, परिणाम आफ्नै पक्षमा आउँछ भनेर । जब परिणाम आयो, त्यतिबेला मलाई म त सपनामा रहेछु, विपना त अर्कै रहेछ भन्ने लाग्यो ।
२२. पार्टीभित्रका अन्तरसंघर्ष, जुन तपाईंलाई सबैभन्दा नराम्रा लाग्यो, कुन मान्नुहुन्छ ?
अन्तरसंघर्षको उत्कर्ष नेतृत्वका लागि पीडादायी हुन्छ, त्यो आफ्नो ठाउँमा छ । माओवादी आन्दोलन सबैको सामूहिक प्रयत्नले अगाडि आएको थियो, तर जनयुद्ध लडेका साथी त्यसरी विभाजित भएर जाँदा मलाई अत्यन्त दुःख र पीडा महसुस भएको थियो । बाबुरामजी जाँदा मलाई कत्ति पनि पीडाको महसुस भएको छैन, के भएको हो म आफैंलाई अनौठो लागेको छ ।
२३. वैद्यहरू फुटेर गएको साँझ तपाईंको मनमा के कुरा खेल्यो ?
अघिल्लो दिन राति १० बजे पनि वैद्यजीसँग पार्टी विभाजन गर्न हुँदैन भनेर कुरा भएको थियो । उहाँ त्यतिबेला पनि पार्टी विभाजन गर्ने मुडमा हुनुहुन्थेन, त्यो कुरा अहिले स्पष्ट नै भइसकेको छ । वहाँको पार्टी विभाजन गर्ने इच्छा नभए पनि वातावरण विभाजित नभइ रहनसक्ने अवस्था रहेन । उहाँले यो कुरा प्रष्टरूपमै भन्नुभएको थियो । उहाँले मलाई प्रष्टै रूपमा म रहन सक्दिनँ भनेर भन्नुभएको थियो ।
विभाजित भए पनि म दूरी बढाउने गरी गइनँ । गाली गलौज र बदनाम गर्ने गरी गएनौं । म उहाँहरूले बोलाएको कार्यक्रममा तुरुन्तै गएको थिएँ । मलाई उहाँहरू एकदिन फर्कनुहुनेछ भन्ने लागेकाले मैले कहिल्यै अर्को व्यवहार गरिनँ ।
prachanda interview in guest room (5)२४. बाबुरामले छाडेर हिडेको रात तपाईंलाई कस्तो अनुभूति भयो ?
अनौठो त मानेँ मैले । अघिल्लो दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म २ घण्टा कुरा गरेर अब केन्द्रिय समितिको बैठक बस्ने, बैठक छिटो सकेर गम्भीर अन्तरक्रिया गरेर अघि जाने भनेर छलफल गरेका थियौं । को–को साथी बसेर छलफल गर्ने भन्ने विषयमा पनि उहाँले भनेको कुरा मानेको थिएँ । त्यस अवस्थामा अचानक पार्टी छाडेर जाने कुरा आउँदा मलाई अचम्म लाग्यो । तर उहाँले निकै ठूलो भूल गर्नुभयो । यो अरू विभाजन जस्तो होइन । एकातिर संविधान बनाउन आफैँ पहल गर्ने, हस्ताक्षर गर्ने । अर्कातर्फ, संविधान बिथोल्न जलाउने र च्यात्नेसँग मिल्न जाने । यो कहिँकतै स्वभाविक छैन ।
उहाँ राष्ट्र संकटमा परेका बेला राष्ट्रलाई जसले संकटमा पारेका छन्, तिनैको हित गर्न दौडिनुभयो । जनता, पार्टी, आन्दोलन, सहिद, बेपत्ता परिवार सबका आकांक्षाहरूलाई लात हानेर जानुभयो । उहाँसँग संघर्ष त परिरहन्थ्यो पहिलेदेखि नै, तर अहिले चैँ ठूलो भूल नै गर्नुभयो । यही भूलकै कारण उहाँको राजनैतिक अवसान भएको छ । उहाँ या त सपनामा दौडनुभएको छ या त विक्षिप्त भएर दौडनु भएको छ । उहाँले यस्तो कदम चाल्नुभयो, जसले जनता, पार्टी र उहाँ आफैलाई पनि हित गर्दैन ।
२५. कुटनीतिक सम्बन्धका हिसाबले सवैभन्दा महत्वपूर्ण कुरा कुन रह्यो यो २१ वर्षमा ?
मेरो विचारमा हामीले जनयुद्ध र जनआन्दोलनमा पनि देशभक्तिपूर्ण धारालाई जहिले पनि माथि उठाउने र त्यसप्रति इमानदार रहने कोशिस गर्यौं । चाहे जनयुद्धको सुरुङयुद्धको योजना बनाउँदा होस्, वा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भइसकेपछिको पहिलो विदेश भ्रमण गर्दा होस् । संविधान बनाउनको निम्ति तमाम दवाब र घेराबन्दीलाई तोड्ने क्रममा मैले धेरै अफ्ठेरासँग जुध्नुपर्यो । सरकार बनाउने बेलामा आफ्नै साथीहरू विदेशी शक्तिहरूको इच्छाअनुसार दौडिए र निकै बल लगाएर त्यसको प्रतिवाद गर्नुपर्यो । अहिले पनि नाकाबन्दी र मधेस आन्दोलनको समस्या समाधान गर्न सन्तुलित कुटनैतिक भूमिका खेलियो । नझुकिकन, राष्ट्रलाई तल नपारिकन जनताको स्वाभिमान जोगाएर आत्मसम्मान कायम राख्दै समस्याको समाधान गर्ने ठाउँमा देशलाई पुर्याइयो भन्ने लाग्छ । यसले मेरो कुटनीतिक स्थिति के हो भन्ने जनतालाई थाहा छ भन्ने लाग्छ । त्यसबाहेके संयुक्त राष्ट्रसंघको साधारणसभामा प्रस्तुत हुँदा मप्रति विश्वभर आकर्षण देखेको थिएँ । ती सबैसँग मैले ‘डिल’ गरेँ । त्यो हेर्यो भने मौलिक कुटनीतिक पहल अगाडि जाँदै गरेको चित्र देख्न सकिन्छ ।
मैले यो १० वर्षको स्थितिलाई हेर्दा मिडियालाई दोष दिने वा मलाई आलोचना गर्नेहरूलाई दोष दिने कुरा प्रमुख ठानेको छैन । आफैंले कमजोरी कहाँ–कहाँ गरेँ भन्नेमा केन्द्रित छु । कहाँ–कहाँ मेरो कमजोरी भयो र मिडियाले भन्दा सुन्ने र पढ्ने कुरा के भयो भन्ने हेरिरहेको हुन्छु । मैले आलोचना सुन्ने र आत्मसात् गर्ने अधिकतम प्रयास गर्छु ।
२६. तपाई धेरै विवादमा तानिनुभयो र यसमा मिडियाले पनि भूमिका खेले ? कहिलेकाहीँ लाग्दैन मिडियाले किन यसो गर्छन भन्ने ?
मैले यो १० वर्षको स्थितिलाई हेर्दा मिडियालाई दोष दिने वा मलाई आलोचना गर्नेहरूलाई दोष दिने कुरा प्रमुख ठानेको छैन । आफैंले कमजोरी कहाँ–कहाँ गरेँ भन्नेमा केन्द्रित छु । कहाँ–कहाँ मेरो कमजोरी भयो र मिडियाले भन्दा सुन्ने र पढ्ने कुरा के भयो भन्ने हेरिरहेको हुन्छु । मैले आलोचना सुन्ने र आत्मसात् गर्ने अधिकतम प्रयास गर्छु । त्यसपछि आफ्नो निर्णयहरूलाई सन्तुलित बनाएर राष्ट्र र जनताका पक्षमा अगाडि बढाउँछु । यो पहिलो कुरा हो ।
दोस्रो कुरा, क्रान्तिको नेतृत्व गरेर आएको र जनताका एजेन्डाहरूको प्रमुख प्रवक्ता भएको नाताले मलाई बद्नाम नगरेसम्म प्रतिक्रियावादी र यथास्थितिवादीको हित हुँदैनथ्यो । बाबुराम वा किरणजीलाई बद्नाम गरेर केही अर्थ हुँदैनथ्यो । प्रचण्डलाई नै सिध्याउनुपर्छ भन्ने उनीहरूलाई लागेको हो । किनभने नेताको प्रतिकका रूपमा प्रचण्ड भएको हुनाले उसैलाई नङ्ग्याउन के गर्नुपर्छ भनेर उनीहरू लागिरहे । त्यो अहिले पनि जारी छ । तर मेरो ध्यानचाहिँ मेरै कमजोरी के हो भन्नेतिर गयो । त्यसैले अहिले मलाई गाली गरे पनि जनता सुन्ने पक्षमा छैनन् । जनतामा प्रचण्डलाई अनावश्यक गाली गर्दारहेछन् भन्ने परिसकेको छ । त्यसैले त्यस्ता मिडिया पनि अलि हच्केका छन् जस्तो लाग्छ ।
prachanda interview in guest room (6)२७. ०५२ फागुन १ देखि ०७२ फागुन १ सम्म आउँदा आफूले गरेको सबैभन्दा खराव निर्णय के मान्नुहुन्छ ?
दोस्रो संविधानसभा अगाडि जुन सरकार बनाउन मैले पहल गरेँ, मद्दत गरेँ, सबैभन्दा वाहियात निर्णय त्यही हो । चिप्लिएको, मनोगत भएको, फसेको त्यहीँ हो । संविधानसभाको निर्वाचन गर्न जस्तो सरकारलाई साथ दिएँ । मलाई अहिलेसम्मको ‘ब्लन्डर’ त्यही लाग्छ ।
२८. तपाईंको एउटा सपना, जुन पूरा गर्ने मन छ ?
राष्ट्र र जनताको सपना नै मेरो सपना हो । त्यहाँबाट म चिप्लिँदो गल्ती भएका छन् । राष्ट्र र जनताको सपना बोकेर हिँड्दा सफल भएको छु । एक दशक मैले जनयुद्धको विचार निर्माण गर्न साथीहरूसँग मिलेर काम गरे । अर्को एक दशक मैले जनयुद्धबाट नेपाली समाज र राजनैतिक परिवर्तन गर्ने पं्रक्रियामा विद्रोहको नेतृत्व गरेँ । अब भन्दा अप्ठेरो नहोला र जनतालाई पनि विश्वास लाग्ला कि अर्को एक दशक मैले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाको नेतृत्व गरेँ । अबको १० वर्ष म समाजवादी आन्दोलनको नेतृत्व गर्ने स्थितिमा छु र मेरो प्रयत्न त्यही दिशातिर केन्द्रित हुन्छ ।
prachanda interview in guest room (3)२९. हिजो माओवादीले भन्दा देश जुरुक्कै उठ्थ्यो । आज तपाईंहरू कता–कता निदाएजस्तो, हराएजस्तो हुनुभयो भनेर जनताले प्रश्न गरिरहेका छन् । अब फुटेका सबै माओवादी धाराहरू मिल्न सक्छन् ?
जनताको अपेक्षाअनुसार हामी कति ठाउँमा चिप्लियौँ पनि । त्यसले पनि निराशा भयो । सहिद, घाइते, अपांग, बेपत्ताहरूको सपना पूरा भएको छैन । त्यसकारण सबै विभाजित माओवादी धाराहरूलाई फेरि एकै ठाउँमा केन्द्रिकृत गर्ने र क्रान्ति तथा आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउने ‘मिसन’ अहिले बनाउनुपर्छ भन्ने लाग्छ । अहिलेको परिस्थितअनुसार सदन, सडक र सरकारका सबै मोर्चाबाट एकचोटी फेरि माओवादी आयो भन्ने बनाउनु आवश्यक छ । किनभने माओवादीको पहिचान भनेको उत्पीडित, शोषित, दलित, मधेसी, मजदुर, किसान, मुस्लिमलगायत सबै श्रमिक जनताको मुक्तिका लागि लड्नेको रूपमा बनेको छ । अहिलेचाहिँ अरूको पहिचान बनाउँछु भन्दा–भन्दै आफ्नै पहिचान गुमाएकोजस्तो अवस्था छ माओवादीको । त्यसैले एकचोटी फेरि माओवादी असली पहिचान अर्थात् जनताको असली सेवक र मुक्तिको नेतृत्वकर्ताको पहिचान साबित एकताद्धारा गर्नु छ । म त्यही ‘मिसन’मा छु ।
३०. शक्ति, चर्चा र साधनस्रोत प्रचण्डको जीवनमा सबै प्राप्त भए । तपाईंले आफ्नो जीवनमा कुनै कुरा अभाव महसुस भएको छ ?
मैले यस विषयमा धेरै पटक भनेको छु । मानिसहरूले भन्छन् कि म सुविधामा रम्ने तरिकाको विलासी जीवन बिताउने तरिकाको भएँ । यस्तो सुन्दा मलाई अनौठो पनि लाग्छ अनि गहिरो पीडा पनि । म जतिबेला जनयुद्धको नेतृत्व गरेर आधार इलाकामा थिएँ, अहिलेभन्दा धेरै सुविधा थियो । यद्यपि भौतिक जीवन त खतरामा थियो, कुनै पनि बेला मारिन सक्थेँ । गिरफ्तार हुनसक्थेँ, यातना पाउन सक्थेँ । तर अरू तनाव त्यति थिएन । क्रान्तिमा हुने क्षति र उपलब्धि सँगसँगै अगाडी बढेको थियो ।
तर यता आएपछि न खाने फुर्सद छ, न त सुत्ने फुर्सद नै । २४ घण्टामा ५–७ घण्टा सुत्नेबाहेक मेरो व्यक्तिगत जीवन छैन । अहिले पनि मलाई व्यक्तिगतरूपमा भनेको सुन्छु, यसरी कमायो रे ! तर म चुनौती र दाबाका साथ भन्न सक्छु, मेरी श्रीमतीको नाममा भरतपुरमा रहेको एक कट्ठा जमिनबाहेक दुनियाँमा अरू केही निस्कियो भने जनताको अगाडि जस्तो सजाय भोग्न पनि तयार छु । मेरो चिन्ता अहिले पनि राष्ट्र र जनताप्रति नै छ । पूर्वप्रधानमन्त्री भएको कारण राज्यले सुरक्षाको व्यवस्था गरिदिएको छ । त्यसरी हिँड्नुपर्ने बाध्यता पनि छ मलाई । म जुन घरमा बस्छु, त्यहाँ राष्ट्रिय अन्तर्राष्ट्रिय कुटनीतिज्ञहरू आउँछन् । नेताहरू आउँछन् । सुरक्षाविहिन र सामान्य ढंगबाट बसेर पनि भएन । तर म हिजो पनि राष्ट्र र जनताकै लागि सोचिरहेको हुन्थेँ, आज पनि सोचिरहेको छु । मलाई त्यही कुराले खुसी दिएको छ, घरले वा गाडीले होइन । त्यस्तो आनन्द लिने फुर्सद पाएको पनि छैन ।
३१. अन्त्यमा, के प्रचण्डको राजनीतिक सन्यास सम्भव छ ? फागुन १ का सन्दर्भमा घाइते, अपांग र जनतालाई के भन्नुहुन्छ ?
प्रचण्डको चाहना के छ भन्ने कुरा सहायक छ । मलाई लाग्छ राष्ट्र र जनताले त्यो विश्राम लिने समय देलाजस्तो छैन । शान्तिप्रक्रियाका १० बर्षमा धेरै उतारचढाव आए । तर पनि क्रान्ति जारी छ । हाम्रा महान् सहिद, घाइते, अपांग र लाखौं जनताले बगाएको रगत खेर जाने छैन । त्यसमा विश्वस्त रहन आग्रह गर्दछु ।
जनयुद्ध दिवसमा वैद्य माओवादीले भन्यो : माओवादीहरुबीचको एकता आजको आबश्यकता
जनयुद्ध दिवसमा विप्लव माओवादीको सन्देश : ‘सबै क्रान्तिकारी शक्ति एकताबद्ध बनौं’
जनयुद्ध दिवसमा डा. भट्टराईको शुभकामना सन्देश
माओवादी शक्ति मालेमावादको झण्डामुनि एकतावद्ध बनौं : प्रचण्ड
- See more at: http://www.ratopati.com/photo-news/31466/#sthash.HLVjtFQR.dpuf
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...
Comments
Post a Comment