काठमाडौं । नेपालमा यस अघि नै सञ्चालनमा आएको र नवः निर्माण गरिएको रेलमार्ग सञ्चालन हुने रेल नेपाल आइपुगेको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार भारतको जयनगरबाट नेपालका लागि हिडेको नेपाली रेल बिहिबार साँझ नै नेपाल भारत सीमा क्षेत्रमा आइपुगेको थियो ।
उक्त रेल जनकपुर ल्याएपछि भारतीय निर्माता कम्पनीले हस्तान्तरण गर्ने जनाएको छ ।
मिश्रका अनुसारका भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको छ ।
उनका अनुसार २ वटा रेलमा नेपालको झण्डामा अंकित निलो र रातो रंगको संकेतलाई कलात्मक तवरले राखिएको छ ।
रेलको अगाडि नेपाल रेल्वे लेखिएको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
विभागका महानिर्देशक मिश्रले रेलको फोटो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
फोटोमा नेपाली रेल आकर्षक देखिएको छ । छिट्टै रेल सञ्चालन गर्ने तयारी गरेको विभागले आवश्यक कर्मचारीका लागि विज्ञापन समेत खुलाएको छ ।
नेपालमा हालसम्म रेल सञ्चालन सम्बन्धी कानून नभएका कारण सञ्चालनमा भने कानूनी समस्या रहेको छ । सरकारले अध्यादेश मार्फ कानून ल्याउने तयारी गरेको छ ।
संघीय संसदमा विचाराधिन नेपाल रेल्वे विधेयकलाई अध्यादेश मार्फत ल्याउने तयारी गरिएको छ । किनकी यतिखेर संघीय संसद बन्द रहेको छ ।
शुक्रबार जनकपुर ल्याएपछि रेल पुनः केही समय पछि भारत नै फर्काइने भएको छ । नेपालले भारतको कोंकन रेल्वे कर्पोरेशनसँग ८४ करोड ६५ लाखमा रेल खरिद गरेको हो ।
भारतीय सहयोगमा निर्माण भइरहेको जनकपुर जयनगर खण्डको रेलमार्गमा तत्काल रेल भने सञ्चालनमा नआउने बताइएको छ ।
हाल ३४ किलोमिटर मात्रै रेलमार्ग निर्माण भइसकेको छ । जनकपुरदेखि बर्दीबाससम्मको रेलमार्ग भने निर्माणको क्रममा छ । जनकपुरदेखि कुर्थासम्मको भने रेलमार्ग निर्माण भइसकेको छ ।
उक्त खण्डको कूल लम्बाई भने ४६ किलोमिटर रहेको छ । यस्तै विजलपुरादेखि बर्दीबाससम्मको कूल १७ किलोमिटर भने चालु आवको अन्त्यस्म्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
उक्त रेलमार्ग निर्माणका लागि तत्कालीन राष्ट्रपति डा रामवरण यादवको भारत भ्रमणको क्रममा सहमति भएको हो ।
यद्यपी उक्त रेलमार्गमा रेल सञ्चालन हुने गरेको थियो । सो भ्रमणका क्रममा नेपाल भारत सीमा क्षेत्रका विभिन्न स्थानमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो ।
सरकारले दावी गरे जस्तो उक्त रेलमार्ग तत्काल निर्माण नभएको नभई पुनः निर्माण भने गरिएको हो । तर रेल चलाउनका लागि प्राविधिक कर्मचारीको भने अभाव रहेको छ ।
रेल्वे कम्पनीले केही दिन पहिले १३९ कम्पनी माग गरेको छ ।
तत्कालका लागि दक्ष जनशक्ति नभएका कारण भारतीय कामदारले नै नेपालको झण्डा अंकित रेल चलाउने भएका छन् ।
चालक, इन्जिनियर तथा संकेत गर्ने कर्मचारी भने तत्कालका लागि भारतीय नै रहने भएका छन् । न्यारो गेजमा २०७१ सालसम्म सञ्चालनमा रहेको रेल बन्द भएपछि सोही रेलमार्गमा ब्रोडगेज रेलमार्ग निर्माण भएको हो ।
कोरोना कारण उक्त रेल तत्कालका लागि भने सञ्चालनमा नआउने भएको छ । हाल नेपाल भारत सीमा क्षेत्रबाट आवत जावत रोकिएको र कोरोनाको संक्रमणको जोखिम कायम रहेका कारण केही समयपछि मात्रै उक्त रेल सञ्चालनमा आउनेछ । तस्बिरः बलराम मिश्र महानिर्देशक रेल विभाग
।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...




Comments
Post a Comment