काठमाडौं । नेपालमा छिट्टै रेल सञ्चालनमा आउने भएको छ । नेपालमा सञ्चालन हुने रेल भारतमा निर्माण सम्पन्न भइसकेको छ । भारतको बिहारस्थित हाजीपुरमा २०७६ फागुनमा आएर बसेका २ वटा रेल छिट्टै नेपाल ल्याउने तयारी थालिएको छ ।
जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी छ । ती रेल गत फागुनमा नै निर्माण सम्पन्न भएपनि कोरोनाका कारण नेपाल ल्याउन समस्या भएको हो ।
कूल रु ८४ करोड ६५ लाखमा भारतको कोंकन रेल्वे कर्पोरेसनसँग जिटुजीमा खरिद गरिएका दुईवटा रेल यही महिनाभित्रै ल्याउने सरकारको तयारी छ ।
जनकपुरदेखि बर्दिवाससम्म भारतको सहयोगमा निर्माण भइरहेको रेल्वे ट्र्याकमा पहिलो चरणमा जनकपुर– जयनगरसम्म ३४ किलोमिटर रेल्वे सञ्चालन गर्ने तयारी गरिएको छ । दोस्रो चरणमा जनकपुर–कुर्थादेखि विजलपुरसम्म ४६ किलोमिटरमा सञ्चालन गर्ने सरकारको तयारी छ ।
रेल विभागका अनुसार सो क्षेत्रमा भने अहिले रेल्वे ट्र्याकको निर्माण कार्य भइरहेको छ । त्यस्तै, विजलपुरादेखि बर्दिवाससम्म १७ किलोमिटरसम्म रेल्वे लिकका लागि सर्भे भई जग्गा अधिग्रहणको प्रक्रिया थालिएको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको यो भिडियोमा नेपालमा सञ्चालनमा हुने रेल र रेल्वे ट्र्याकको अवस्था देख्न सकिन्छ ।
भिडियो साभारः बलराम मिश्र महानिर्देशक रेल विभाग
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...
Comments
Post a Comment