Skip to main content

दसैँमा मेलम्चीको पानी आउने सम्भावना कायमै

काठमाडौँ, ८ साउन । आगामी दसैँसम्म राजधानीबासीलाई मेलम्ची खानेपानी आयोजनाको पानी उपलब्ध गराउने सम्भावना अझै कायम रहेको सम्बद्ध पक्षले जानकारी दिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दुई हजार ३०० मिटर सुरुङ खन्न बाँकी रहेकाले दसँैसम्म राजधानीमा पानी ल्याउन सम्भव रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जानकारी दिएको छ । निर्माण व्यवसायीले प्रभावकारी काम गर्न नसकेको, सुरुङ खन्ने कार्यले गति लिन नसकेको तथा अन्य प्राविधिक जटिलता थपिएको भन्दै पानी आउने समयावधि लम्बिन थालेको भन्दै गुनासो आइरहेको बेला सम्बद्ध पक्षले भने तोकिएको समयमा नै सम्पन्न हुने विश्वास दिलाएको हो । दैनिक २० मिटरको दरले सुरुङ खन्ने कार्य जारी रहेको र हाल विभिन्न चार स्थानबाट नियमित रुपमा काम भइरहेको छ । हाल सुरुङ खनिइरहेको स्थानमा कमजोर चट्टान भएका कारण द्रुत रुपमा सुरुङ खन्न अप्ठ्यारो परेको भए पनि निर्माण व्यवसायीले योजनाअनुसार नै काम गरिरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको आजको बैठकमा जानकारी दिनुभयो । उहाँका अनुसार कुल २७ किलोमिटर लामो सुरुङमध्ये दुई हजार ३०० मिटर मात्रै सुरुङ बाँकी रहेको, ठेकेदारले योजनाअनुसार नै काम गरेको, कुनै समस्या आए तत्काल समाधान गर्ने गरिएको छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचरण देवकोटाले सिन्धुको माथिल्लो भागमा नरम चट्टानका कारण केही जटिलता पैदा भएकाले विस्फोटन गर्न नसकिएको बताउनुभयो । –ः ३६ ः– “वर्षाको समयमा भूमिगत पानीका कारण पनि केही समस्या पैदा भएको छ, तर सबै समस्या हटाएर काम भइरहेको छ । हामी जनतालाई दसैँमा मेलम्चीको पानी उपलब्ध गराउन रात दिन प्रयासरत छौँ”–कार्यकारी निर्देशक देवकोटाले भन्नुभयो, “खनिएको सुरुङको मर्मत तथा व्यवस्थापन पनि सँगसँगै अगाडि बढेको छ ।” यस्तै मेलम्ची खानेपानी आयोजनाका कारण काठमाडौँबासीले खेप्नु परेको हैरानीसमेत क्रमशः कम गर्दै जाने सचिव उपाध्यायको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि मेलम्ची आयोजनाले भत्काएको सडक कालोपत्र गर्ने कार्य युद्धस्तरमा अगाडि बढेको उल्लेख गर्नुभयो । “केही स्थानमा पाइपको ‘हाइड्रोलिक’ परीक्षण गर्नुपर्ने भएकाले समस्या देखिएको छ । यसै महिनाको अन्त्यसम्म वाग्मतीको पानी हाल जडान गरिएको पाइपमा पठाएर परीक्षण गर्दैछौँ”– सचिव उपाध्यायले भन्नुभयो । मेलम्ची आयोजनाबाट तत्काल दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने र हाल विभिन्न स्रोतबाट प्राप्त भइरहेको ११ करोड लिटर पानीले राजधानीबासीलाई थप सहजता प्रदान गर्ने उहाँको भनाइ छ । यस्तै दोस्रो चरणमा लार्के र याङ्ग्री खोलाको पानी ल्याउनका लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको छ । आगामी पुुससम्म डिजाइन र लागतको सम्पूर्ण तयारी गरेर २०७५ देखि निर्माण सुरु गर्ने योजनामा मन्त्रालय रहेको छ । उहाँले एसियाली विकास बैंकले सो आयोजना समेत लगानी गर्ने तयारी गरिसकेको छ । मन्त्रालयले आयोजना स्थलमा पहुँचमार्ग निर्माण प्रक्रिया सुरु गर्ने तयारी गरेको उहाँको भनाइ छ । हाल राजधानीमा पाइप लाइन जडानको कार्य ९१ प्रतिशत पूरा भएको छ । जटिल रहेको करिब आठ किलोमिटर सडक खन्ने काम पनि जारी रहेको छ । नौमध्ये छवटा पानी जम्मा गर्ने ट्यांकीसमेत निर्माण भइरहेको छ । चाबहिल–गौशाला सडक खण्डमा ट्राफिकका कारण नियमित रुपमा काम गर्न समस्या भएको जानकारी दिँदै सचिव उपाध्यायले बाँकी रहेको काम डेढ महिनामा सकिने स्पष्ट पार्नुभयो । उहाँले नयाँ जडान हुन नसकेको क्षेत्रमा समेत पुराना पाइपलाइनबाट पानी वितरण हुने बताउनुभयो । रासस

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।