Skip to main content

माओवादीको निर्णयः संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

(रमेश लम्साल) काठमाडौँ, ८ असार । नेकपा (माओवादी केन्द्र) ले अस्थिर सरकारको कारण संसदीय प्रणाली नै रहेको ठहर गर्दै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डालाई रणनीतिक रुपमा अगाडि बढाउने भएको छ । केन्द्रीय कार्यालयको विस्तारित बैठकबारे जानकारी दिन आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान घोषणापछि पनि तीनवटा सरकार बन्नुले शासकीय प्रणाली सुधार नै मुलुक र जनताका लागि सुखको विषय बन्ने बताउनुभयो । पहिलो संविधानसभाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र संसद्बाट निर्वाचित प्रधानमन्त्रीको विषयमा सहमति जुटाएको, दोस्रो संविधानसभाले पनि पहिलो संविधानसभाले गरेका काम कारबाहीको स्वामित्व लिएको सन्दर्भ जोड्दै अध्यक्ष दाहालले भन्नुभयो, “शासकीय प्रणालीमा सुधार नगर्ने हो भने जनताको पटकपटकको सङ्घर्ष त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि संस्थागत नहुने हो कि भन्ने खतरा बढेर गएको छ ।” प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा स्थापित गर्न प्रमुख दल नेपाली काँग्रेस र नेकपा(एमाले)सँग आफ्नो पार्टीले वार्ता गर्ने जानकारी दिँदै उहाँले मुलुकको हितका लागि ती दल समेत सहमत हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले २००७ सालदेखि २०७४ सालसम्म कुनै पनि सरकार पाँच वर्षसम्म नटिकेको र मुलुक स्थिर बन्न नसकेको भन्दै राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर पनि सबै दल सहमत हुनु जरुरी रहेको बताउनुभयो । संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा संस्थागत गर्न सक्ने उहाँको कथन थियो । अध्यक्ष दाहालले भन्नुभयो, “राजनीतिक दलको वर्तमान हैसियतअनुसार सो शासकीय प्रणाली अपनाएपनि विजयी हुने त काँग्रेस, एमाले नै होलान् तर मुलुक र जनताको पक्षमा सोही प्रणाली नै जायज छ । विगतमा संविधान निर्माणमा सहमति जुटाउन हामीले सो एजेण्डा स्थगित ग¥र्यौँ, अब जरुरी भयो । प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि हामी सङ्घर्षसमेत गर्न तयार छौँ ।” –ः ३४ ः– निर्वाचन खर्चिलो भयो, अब सुधार हुनुपर्छ अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन असाध्यै खर्चिलो भएको र सामान्य नागरिकले सहभागी नै हुन नसक्ने अवस्था आएकाले अब पूर्णसमानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “गाँउपालिकाको अध्यक्षमा उम्मेदवार हुनेले पाँच÷सात करोडसम्म खर्च गरेको भन्ने सूचना आएको छ । प्रदेशसभाको निर्वाचनका लागि सोही अनुपातमा खर्च होला, प्रतिनिधिसभा सदस्यका लागि कुन हदसम्मको रकम खर्च होला ? सामान्य नागरिकले निर्वाचनमा सहभागी नै हुन नसक्ने अवस्था आयो ।” उहाँले निर्वाचनमा हुने अनियत्रित खर्च नियन्त्रणका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै उत्तम विकल्प रहेकामा जोड दिनुभयो । समानुपातिक निर्वाचन प्रणालीमा रहेका केही कमजोरी सुधार गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ ।
अनुभव र परिचालनको अभावमा निर्वाचन हारियो पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले वैचारिक राजनीतिक कार्यदिशामा स्पष्टताको कमी, पार्टी विभाजनको असर, सङ्गठनात्मक अराजकता र कमजोर जनसम्बन्ध, बैठक बस्न नै कठिन हुने ‘जम्बो’ समिति, निर्वाचन परिचालनमा अनुभवको कमीले स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको बताउनुभयो । यस्तै निर्वाचनमा कुशलताको कमी, उत्पिडित वर्ग, जाति, क्षेत्र र लिंगको पहिचान र अधिकार स्थापित गर्ने पहल र सक्रियताको अभाव, पार्टीभित्र देखिएको गुटबन्दी र घात र अन्तरघातको द्रुष्प्रभाव, पार्टी र पार्टी नेतृत्वको सरकारबाट भए गरेका राम्रा कामको व्यवस्थित प्रचारको कमी रहेको उल्लेख गर्नुभयो । माओवादी केन्द्रले विभिन्न प्रतिकूलताका बाबजुद पार्टीका उम्मेदवारलाई मतदान गर्ने मतदाताप्रति धन्यवादसमेत व्यक्त गरेको छ । पार्टी एकतामा आउन आग्रह माओवादी केन्द्रले पार्टी एकता प्रक्रियालाई पूर्णता दिन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नयाँ शक्ति नेपाललाई आग्रह गरेको छ । एकताका बारेमा माओवादी केन्द्रको निर्णयमा भनिएको छ, “पार्टी एकता प्रक्रियालाई पूर्णता दिने विषयको आवश्यकता महशुुस गर्दै मुख्यतः मोहन वैद्य, डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द नेतृत्वको घटक र सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीलाई अपिल छ ।” अध्यक्ष दाहालले भन्नुभयो, “स्थानीय तहको निर्वाचनले माओवादी केन्द्र नै माओवादी घटकको मूलप्रवाह रहेको स्थापित भएकाले अब छुट्टाछुट्टै बस्नु आवश्यक नभएको र जनताले पनि माओवादी एक होओस् भन्ने चाहेको देखिएकाले तत्काल एकता प्रक्रिया अत्यावश्यक छ ।” जनतामा जाने माओवादी केन्द्रले निकट भविश्यमा हुने प्रदेशसभाको निर्वाचन र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ गाउँ टोल बस्तीमा जाने र संगठन सुधार गर्ने नीति पारित गरेको छ । –ः ३५ ः– “विगतमा जनतासँगको सम्बन्ध टुट्यो, सरकारको नेतृत्वमा रहेर भए गरेका काम कारबाहीको प्रचार हुन सकेन । अब जनतामा जाने र संगठन निर्माणमा केन्द्रित हुने निर्णय भएको छ । अब शीर्ष नेतृत्वदेखि सबै तहका नेता तथा कार्यकर्ता संगठन सुदृढीकरणमा परिचालित हुनेछन् ।” बैठकले आगामी असोज २ गते प्रदेश नं २ मा हुन गइरहेको तेस्रो चरणको स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन ठोस कार्ययोजनाका साथ पार्टी परिचालित हुने निर्णय गरेको छ । साथै, बैठकले स्थानीय तहमा निर्वाचित वडा अध्यक्षदेखि गाउँ नगरपालिकाका अध्यक्ष उपाध्यक्षसम्मको राष्ट्रिय भेला यही साउन २० देखि २२ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । फरक एक प्रसंगमा एमालेका अध्यक्ष केपी ओलीले कम्युनिस्ट शक्तिबीच एकताको सन्दर्भमा केही दिन पहिले दिनु भएको सार्वजनिक वक्तव्यलाई अध्यक्ष दाहालले सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कम्युनिस्ट शक्ति मिल्नुपर्छ भन्ने उहाँ (ओली)को भनाइ सकारात्मक छ । तर त्यसका लागि उहाँले बोलेर होइन व्यवहारले देखाउनुपर्छ ।” नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा आफू नरहेको भन्दै अध्यक्ष दाहालले सोमबार सरकार विस्तार हुने संकेत गर्नुभयो ।

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।