नयाँ दिल्ली श्रावण २३, २०७२-घटना : १ दुई साताअघि दिल्लीबाट कोलम्बो हुँदै दुबई उडाउन लागिएका २८ युवतीमध्ये ‘केही सिरिया जाने योजना’ र केहीलाई इराक लगिने तयारी भइरहेको रहेछ भन्ने अहिले जोडिँदै आएका प्रमाणहरूले देखाएको छ । सिरियामा पछिल्लो साताभित्र २१ जना युवती पुर्याउनुपर्ने सर्तमा नेपाली एजेन्टले सिरियाली हाउसमेड एजेन्टबाट ‘मोटो रकम’ लिइसकेको प्रमाण आएपछि दिल्ली–ट्रान्जिटमा पक्राउ परेका युवतीहरूको गन्तव्य आशंकामा परेको हो । पहिलो चरणमा अहमदाबाद हुँदै दिल्ली ल्याएर ‘ट्रान्जिट–फ्लाइट’ गराउन लागिएका ७ जना युवतीको राहदानी आफ्नै थियो वा अरुको नामको— अहिले छानबिनमा छ । त्यसमाथि युवायुवतीलाई काठमाडौंबाट बससेवा अथवा सीमावर्ती नाका हुँदै रेलबाट दिल्ली ल्याइए पनि उनीहरूको राहदानी, यात्रा अनुमतिपत्र के–कसरी पहाडगन्ज वा महिपालपुर क्षेत्रमा फेला पर्ने गर्छ भन्ने सन्दर्भ पनि खोजीको विषय बनेको छ । घटना : २ ‘इन्डिया टुडे’ पत्रिकाको पछिल्लो आवरणमा नेपालबाट भइरहेको मानव तस्करी एवं युवती ओसारपसारको विसंगत दृश्यलाई समेटिएको छ । बनारसको चाँदमारी भन्ने स्थानमा सञ्चालित ‘विन–विन’ कम्पनीले फेसन डिजाइन...
म पेशाले पत्रकार ।