Skip to main content

Posts

Showing posts from September, 2020

यस्तो छ जनकपुर आइपुगेको चन्द्रसूर्य झण्डा अंकित रेल (भिडियो सहित)

काठमाडौं । नेपालमा यस अघि नै सञ्चालनमा आएको र नवः निर्माण गरिएको रेलमार्ग सञ्चालन हुने रेल नेपाल आइपुगेको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार भारतको जयनगरबाट नेपालका लागि हिडेको नेपाली रेल बिहिबार साँझ नै नेपाल भारत सीमा क्षेत्रमा आइपुगेको थियो । उक्त रेल जनकपुर ल्याएपछि भारतीय निर्माता कम्पनीले हस्तान्तरण गर्ने जनाएको छ । मिश्रका अनुसारका भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको छ । उनका अनुसार २ वटा रेलमा नेपालको झण्डामा अंकित निलो र रातो रंगको संकेतलाई कलात्मक तवरले राखिएको छ । रेलको अगाडि नेपाल रेल्वे लेखिएको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । विभागका महानिर्देशक मिश्रले रेलको फोटो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । फोटोमा नेपाली रेल आकर्षक देखिएको छ । छिट्टै रेल सञ्चालन गर्ने तयारी गरेको विभागले आवश्यक कर्मचारीका लागि विज्ञापन समेत खुलाएको छ । नेपालमा हालसम्म रेल सञ्चालन सम्बन्धी कानून नभएका कारण सञ्चालनमा भने कानूनी समस्या रहेको छ । सरकारले अध्यादेश ...

विदाई समारोहमा यसरी भावुक भए कुलमान

विदाई समारोहमा यसरी भावुक भए कुलमान https://www.youtube.com/watch?v=k_ANUHqKXQI

यस्तो छ नेपालमा चल्ने रेल हेर्नुहोस भिडियोमा

काठमाडौं । नेपालमा छिट्टै रेल सञ्चालनमा आउने भएको छ । नेपालमा सञ्चालन हुने रेल भारतमा निर्माण सम्पन्न भइसकेको छ । भारतको बिहारस्थित हाजीपुरमा २०७६ फागुनमा आएर बसेका २ वटा रेल छिट्टै नेपाल ल्याउने तयारी थालिएको छ । जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी छ । ती रेल गत फागुनमा नै निर्माण सम्पन्न भएपनि कोरोनाका कारण नेपाल ल्याउन समस्या भएको हो । कूल रु ८४ करोड ६५ लाखमा भारतको कोंकन रेल्वे कर्पोरेसनसँग जिटुजीमा खरिद गरिएका दुईवटा रेल यही महिनाभित्रै ल्याउने सरकारको तयारी छ । जनकपुरदेखि बर्दिवाससम्म भारतको सहयोगमा निर्माण भइरहेको रेल्वे ट्र्याकमा पहिलो चरणमा जनकपुर– जयनगरसम्म ३४ किलोमिटर रेल्वे सञ्चालन गर्ने तयारी गरिएको छ । दोस्रो चरणमा जनकपुर–कुर्थादेखि विजलपुरसम्म ४६ किलोमिटरमा सञ्चालन गर्ने सरकारको तयारी छ । रेल विभागका अनुसार सो क्षेत्रमा भने अहिले रेल्वे ट्र्याकको निर्माण कार्य भइरहेको छ । त्यस्तै, विजलपुरादेखि बर्दिवाससम्म १७ किलोमिटरसम्म रेल्वे लिकका लागि सर्भे भई जग्गा अधिग्रहणको प्रक्रिया थालिएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले सामाजिक सञ्जाल फेस...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।