काठमाडौं । ‘पहिले पहिले हामी सुतिसक्दा बत्ती हुन्थेन, हामी उठ्दा बत्ती गइसक्थ्यो । अहिले त बत्ती बाल्न पनि पाइएको छ । छोराछोरीलाई पढ्न समस्या भएको छैन । हामी त असाध्यै खुसी छौँ । विद्युत्भार कटौतीको अन्त्यपछि त नयाँ जीवन पाए जस्तो भएको छ”, यो भनाइ हो तारकेश्वर नगरपालिका– ११ नेपालटारका राम मानन्धरको ।
गत वर्षदेखि मुलुकभर नै विद्युत्भार कटौतीको अन्त्यसँगै नागरिकमा खुसियाली छाएको छ । जीवनमा आधारभूत परिवर्तन विद्युत्भार कटौतीको अन्त्यपछि आएकामा यहाँका बासिन्दाले राहतको अनुभव गरेका छन् ।
‘आमा दमको रोगी हुनुहुन्छ, पहिले बिजुली नभएर पानी तताउन समस्या हुन्थ्यो, अहिले त्यस्तो छैन, जनताको यस्तै काम गर्नेलाई मेरो परिवारको मत पक्का’, टोखा नगरपालिका-९ की शान्ति आचार्यले भनिन् ।
प्रतिनिधि सभातर्फ काठमाडौँ क्षेत्र नं ६ का वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदीले आफू र आफ्नो गठबन्धनलाई मत माग्दै घरदैलो अभियानमा पुगेका बेला स्थानीयवासीले विद्युत्भार कटौतीको अन्त्य जस्तै जनताको जीवनसँग जोडिएको विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विद्युत्भार कटौतीको अन्त्य गरेको थियो ।
काठमाडौँ महानगरभित्रका सडककोभन्दा महानगरसँग जोडिएका नगरपालिकाभित्रका सडकको अवस्था झनै खराब छ । तारकेश्वर नगरपालिका प्रवेश गर्ने अधिकांश सडक कच्ची छन् । नाम मात्रको कालोपत्र भए पनि नागरिकले दैनिकजसो धुवाँ र धुलोको समस्या भोग्नु परेको छ ।
वाम गठबन्धनका उम्मेदवार सुवेदीसँग नागरिकको आग्रह छ, ‘भत्किएका सडक कालोपत्र गरियोस् ।’
‘धुलोले व्यापार व्यवसाय गर्न समस्या भएको छ । रुघा खोकी कहिल्यै निको हुँदैन । बिहान लगाएको लुगा साँझसम्म मैलो भइसक्छ, म त धुले सडक कालोपत्र गर्नेलाई मत दिन्छु,’ पहिलोपटक मतदानमा सहभागी हुन लाग्नुभएकी फुटुङकी नवीना पाण्डेले भनिन् ।
मत माग्न पुगेका उम्मेदवारसँग अधिकांश नागरिकले जनजीवनसँग जोडिएको विषयमा जिज्ञासा राखेका छन् । उनीहरुले जिज्ञासासँगै व्यावहारिक कार्यान्वयन हुने उत्तरसमेत खोजेका छन् । केहीले विगतमा विजयी भएकाले जनतालाई फर्केर नहेरेको भन्दै गुनासो पनि गरेका छन् ।
चुनावको बेला मात्रै सम्झने कि अरु समयमा पनि जनताले आफ्नो प्रतिनिधि भेट्न पाउने हो ? मतदाताले अधिकांश उम्मेदवारसँग राख्ने जिज्ञासा यही यो । संविधान सभाको दोस्रो निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधान विजयी भएका थिए।
अहिले पनि सो क्षेत्रमा रक्षा मन्त्रीसमेत रहनुभएका प्रधान नै उम्मेदवार छन् । उनले पनि निर्वाचन अभियान शुरु गरेका छन् । प्रधान माओवादीका नेता झक्कु सुवेदीसँग प्रतिस्पर्धा गर्दैछन् ।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ मा काँग्रेसले ११ हजार ३१५, नेकपा एमालेले १२ हजार ७९८, माओवादी केन्द्रले तीन हजार ६९३ र राप्रपाले ९५६ मत पाएको थियो । यस आधारमा सो क्षेत्रमा वाम गठबन्धनको १६ हजार ४९१ र लोकतान्त्रिक गठबन्धनको १२ हजार २७१ मत छ । वाम गठबन्धन चार हजार २२० मतले अगाडि देखिएको छ ।
सो क्षेत्रको उम्मेदवार रहनुभएका मन्त्री प्रधान काठमाडौँका स्थानीय बासिन्दा हुनुहुन्छ भने माओवादी केन्द्रका स्थायी समिति सदस्य रहनुभएका सुवेदी रोल्पाका हुन् । मन्त्री प्रधान र नेता सुवेदीबीच नै सो क्षेत्रमा प्रतिस्पर्धा हुने देखिएको छ ।
मतदातासँग भेटघाटमा रहनुभएका सुवेदी जनताको चाहना जस्तै कालोपत्र सडक, विकास निर्माणको एजेण्डालाई साकार पार्न स्थिर सरकार निर्माण गर्ने लक्ष्यका साथ आफू उम्मेदवार भएको बताउँछन् ।
उनी आफू रोल्पाको भए पनि संविधान सभाको पहिलो निर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भएको, पछिल्लो दिनमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्मको तयारीका कारण आफू र आफ्नो गठबन्धन विजयी हुने विश्वास व्यक्त गर्छन् ।
‘केही मान्छेले म रोल्पाको भएको भन्दै गलत प्रचार गरेका छन्, तर मुलुकको जुनसुकै स्थान पनि मेरो लागि आफ्नै ठाउँ जत्तिकै महत्वपूर्ण छ,’ सुवेदीले भने ।
काँग्रेस उम्मेदवार प्रधान आफूलाई विगतमा पनि काठमाडौँ क्षेत्र नं ६ का जनताले विजयी गराएको र यसपटक पनि आफू नै विजयी हुने बताउँछन् ।
निर्वाचन प्रचार अभियान शुरु भइसकेको जानकारी दिँदै उनी भन्छन्, “काठमाडौं क्षेत्र नं ६ लाई नमूना क्षेत्र बनाउने योजना, नीति र कार्यक्रम मसँग मात्रै छ ।’
सो क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११, टोखा नगरपालिकाको वडा नं ८, ९, १० र ११ रहेको छ ।
तीमध्ये गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरका तीन वडामध्ये दुईवटामा काँग्रेस र एउटा वडामा एमाले विजयी भएको थियो । तारकेश्वर नगरपालिकाको आठवटा वडामध्ये सातमा एमाले र एउटामा काँग्रेस विजयी भएको थियो ।
सोही क्षेत्रमा काठमाडौँ महानगरका पूर्वप्रमुख केशव स्थापित पनि प्रदेश सभाको उम्मेदवार छन् । ‘हामीले निर्वाचन अभियान शुरु गरिसकेका छौँ, हाम्रो गठबन्धन विजयी हुन्छ,’ उनले भने । रासस
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...


Comments
Post a Comment