(रमेश लम्साल) काठमाडौँ, ७ साउन । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनमा पार्टीको नीति र सिद्धान्त विपरित गएर चुनावमा अन्तरघात गर्ने जुनसुकै तहका नेता तथा कार्यकर्तालाई कडा कारबाही गर्ने नीति अख्तियार गर्ने भएको छ । । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सम्पन्न पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले अन्तरघात गरेका पार्टीका नेता–कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो, “अप्ठ्यारो समयमा ‘बागी उम्मेदवार बन्ने, अन्तरघात गर्ने र विपक्षी पार्टीको पैसा लिएर पार्टीमाथि घात गर्नेलाई कारबाही हुन्छ । अब छुट दिन सकिँदैन ।” –ः ३७ ः– अध्यक्ष दाहालले निर्वाचन सम्पन्न भएका छवटै प्रदेशमा तीन÷तीन सदस्यीय कार्यदल बनाएर उनीहरुमाथि छानबिन गरिने र दोषी पाइए कारबाही हुने बताउनुभयो । बैठकमा अध्यक्ष दाहालले भन्नुभयो, “मुलुकका विभिन्न स्थानबाट अन्तरघात, पार्टी नीतिविरुद्धको गतिविधि भएको उजुरी आएको छ, अब सत्य तथ्य छानबिन हुन्छ र उनीहरुमाथि कारबाही हुन्छ ।” दुई नम्बर प्रदेशको भेला साउन १० गते स्थानीय तह...
म पेशाले पत्रकार ।