Skip to main content

Posts

Showing posts from March, 2016

प्रमको चीन भ्रमण ः किमाथाङ्का अरुण र अन्तरदेशीय प्रसारण लाइन विशेष महत्वमा

(रमेश लम्साल) काठमाडौँ, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत ७ गतेदेखि गर्न लाग्नुभएको चीन भ्रमणको ऊर्जा तथा जलविद्युत् क्षेत्रका केही महत्वपूर्ण आयोजना अगाडि बढाउने विषयमा द्विपक्षीय कुराकानी गर्ने तयारी गरिएको छ । आसन्न चीन भ्रमणका क्रममा नेपालको तर्फबाट ४०० मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत् आयोजनालाई अगाडि बढाउन अनुरोध गर्ने तयारी गरिएको छ । उक्त आयोजना नेपाल–चीन सीमा नजिक रहेको आयोजना हो । लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरेको सो आयोजनालाई अगाडि बढाउन नेपालको तर्फबाट प्रस्ताव गर्न लागिएको ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले बताउनुभयो । यस्तै नेपालले नेपाल र चीनबीच केही स्थानबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागिसमेत आग्रह गरिने भएको छ । प्रस्तावित रसुवा–केरुङ अन्तरदेशीय प्रसारण लाइनलाई विशेष प्राथमिकतामा राखिएको छ । यस्तै भूकम्पपछि बन्दप्रायः रहेको तातोपानी नाकाबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा द्विपक्षीय रुपमा अध्ययन गर्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा प्रस्ताव तय गरिएको छ । यसैगरी काठमाड...

इन्धन अभाव र भूकम्पका कारण प्राधिकरणका आयोजनामा समस्या उस्तै

(रमेश लम्साल) काठमाडौँ, २० फागुन । नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाइरहेका चार वटा आयोजना भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण तोकिएको समयमा पूरा नहुने भएका छन् । गत वैशाख १२ गतेको गोरखा भूकम्प र गत असोज ५ गतेदेखि भारतको अघोषित नाकाबन्दीका कारण इन्धन, निर्माण सामग्री तथा आयोजना स्थलमा मजदुर तथा प्राविधिकको अभावका कारण आयोजना पर धकेलिएका हुन् । यद्यपी ऊर्जा मन्त्रालयले प्राधिकरणले निर्माण गरिरहेका आयोजनालाई सहज रुपमा इन्धन उपलब्ध गराउने र निर्माण सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता जनाएपछि उल्लेख्य मात्रामा सामग्री प्राप्त हुन सकेको छैन । प्राधिकरणले ३० मेगावाट क्षमताको आयोजनाको सुरुङ खुम्चिएको विषयमा लामो समयसम्म संसदीय समितिमा अल्झनु, प्राधिकरणले आवश्यक निर्णय नगर्दा समस्या पैदा भएको थियो । भौतिक निर्माणको काम चलिरहेको भएपनि सुरुङ मर्मतको काम भने हालसम्म सुरु हुन सकेको छैन । संसदीय समितिले विधि र प्रक्रिया मिलाएर तत्काल खुम्चिएको सुरुङ मर्मत गर्न र भुक्तानी दिने वातावरण बनाउन पटक–पटक निर्देशन दिएको थियो । तर संसदीय समितिको निर्देशन, ऊर्जा मन्त्रालयको नर्णयअनुसार आयोजना स्थ...
इन्धन अभाव र भूकम्पका कारण प्राधिकरणका आयोजनामा समस्या उस्तै (रमेश लम्साल) काठमाडौँ, २० फागुन । नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाइरहेका चार वटा आयोजना भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण तोकिएको समयमा पूरा नहुने भएका छन् । गत वैशाख १२ गतेको गोरखा भूकम्प र गत असोज ५ गतेदेखि भारतको अघोषित नाकाबन्दीका कारण इन्धन, निर्माण सामग्री तथा आयोजना स्थलमा मजदुर तथा प्राविधिकको अभावका कारण आयोजना पर धकेलिएका हुन् । यद्यपी ऊर्जा मन्त्रालयले प्राधिकरणले निर्माण गरिरहेका आयोजनालाई सहज रुपमा इन्धन उपलब्ध गराउने र निर्माण सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता जनाएपछि उल्लेख्य मात्रामा सामग्री प्राप्त हुन सकेको छैन । प्राधिकरणले ३० मेगावाट क्षमताको आयोजनाको सुरुङ खुम्चिएको विषयमा लामो समयसम्म संसदीय समितिमा अल्झनु, प्राधिकरणले आवश्यक निर्णय नगर्दा समस्या पैदा भएको थियो । भौतिक निर्माणको काम चलिरहेको भएपनि सुरुङ मर्मतको काम भने हालसम्म सुरु हुन सकेको छैन । संसदीय समितिले विधि र प्रक्रिया मिलाएर तत्काल खुम्चिएको सुरुङ मर्मत गर्न र भुक्तानी दिने वातावरण बनाउन पटक–पटक निर्देशन दिएको थियो । तर संसदी...