Skip to main content

Posts

Showing posts from August, 2017

अन्योलमा फस्यो बूढीगण्डकी

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय र भौतिक प्रगति ९० प्रतिशतमाथि रहे पनि चिनियाँ कम्पनीसँग गरिएको समझदारीका कारण अन्योलता बढेर गएको छ । चिनियाँ कम्पनी गेजुवासँग गरिएको समझदारीका कारण आयोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा ऊर्जा मन्त्रालयले हालसम्म ठोस निर्णय गर्न नसक्दा अन्योलता बढेको हो । ऊर्जा मन्त्रालयले आयोजनालाई विद्युत् उत्पादन कम्पनी मातहतमा ल्याउने बताए पनि कुनै निर्णय गरेको छैन । बूढीगण्डकी आयोजना विकास समितिको स्वामित्व हस्तान्तरणको प्रक्रियासमेत टुंगिन नसक्दा आयोजना कम्पनीको स्वामित्वमा जान सकेको छैन । मुआब्जा वितरण तथा स्थानीयस्तरमा गरिने कामका लागि संयोजन समिति क्रियाशील भए पनि धादिङ र गोरखा जिल्ला मालपोत र नापी कार्यालयमा यथेष्ट जनशक्तिको अभावमा सोचेजति प्रगति हुन सकेको छैन । ऊर्जा मन्त्रालयका अनुसार आव २०७३/७४ मा विनियोजित पाँच अर्ब ३३ करोड ४७ लाख ९२ हजार रुपैयाँमध्ये पाँच अर्ब छ करोड ६५ लाख १० हजार रुपैयाँ खर्च भएको छ । समग्रमा वित्तीय प्रगति ९५ प्रतिशत र भौतिक प्रगति ९५ दशमलव शून्य २ प्रतिशत भएको छ । तर संरचना...

विद्युत प्राधिकरणको अर्बौंको घाटा अब करोडमा

- रमेश लम्साल/रासस , काठमाडौं भाद्र १, २०७४- विसं २०५९ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा करिब रु सात अर्ब घाटा कम गरेर रु ९७ करोड ८९ लाखमा सीमित गरेको छ । व्यवस्थापकीय सुधार, चुहावट नियन्त्रण तथा प्राविधिक सुधारका कारण घाटा रकम उल्लेख्यरुपमा घट्न सफल भएको हो । प्राधिकरणको ३२औँ वार्षिकोत्सवको अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार आव २०७३/७४ मा कूल आय वृद्धि रु ५० अर्ब २२ करोड ९४ लाख हुन पुगेको छ । गत आवमा विद्युत् बिक्रीबाट रु ३५ अर्ब सात करोड ३५ लाख मात्रै आर्जन गर्न सकेको थियो । आव २०७२/७३ मा सञ्चालन नोक्सानी रु तीन अर्ब छ करोड ३९ लाख रहेकामा आव २०७३/७४ मा रु दुई अर्ब ४० करोड ७३ लाखमा सीमित हुन पुगेको छ । विद्युत् चुहावट न्यूनीकरण, आयातित विद्युत्को औसत खरिद दरमा कमी, विद्युत् महसुल समायोजन, प्रमुख सहरमा नियमित विद्युत् आपूर्ति, आंशिकरुपमा भएको वित्तीय सुधार एवं पुनः संरचनाले खुद नोक्सानी घटाउन सकिएको प्राधिकरणले जनाएको छ । भुक्तानी रकम बढ्यो प्राधिकरणले निजी क्षेत्र र भारतबाट विद्युत् खरिदबाट रु २८ अर्ब ४५ क...

संचय कोषले बेतन कर्णाली जलविद्युत बनाउने, संचयकर्ताको मुनाफा रकमलाई शेयरमा परिणत गरिने

कर्मचारी सञ्चय कोषले ‘सञ्चयकर्ताको मुनाफा रकमलाई बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमा लगानी गर्नेसम्बन्धी विनियमावली, २०७४’ लागू गरेको छ । कोषले सञ्चयकर्ताको लगानीमा नै ६८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने प्रयोजनका लागि सो नियमावली लागू गरेको हो । उक्त नियमावली कोष सञ्चालक समितिको बैठकले केही दिन पहिले मात्रै पारित गरेको हो । कोषका प्रमुख प्रशासक कृष्णप्रसाद आचार्यले सञ्चयकर्ताको ४० प्रतिशत शेयर रहने गरी कम्पनी ऐन, २०६३ बमोजिम वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड दर्ता भई कारोबार अनुमतिसमेत प्राप्त गरेकाले उक्त विनियमावली लागू गरिएको जानकारी दिए । कोषले सञ्चयकर्तालाई प्रदान गर्ने मुनाफा रकमलाई सञ्चयकर्ताको अलग्गै व्यक्तिगत खातामा जम्मा गरी सो रकममा कोषको मौज्दातमा प्रदान गरेसरह ब्याजसमेत थप गरी हुन आउने कूल रकमलाई शेयरमा परिणत गर्ने तयारी गरेको छ । सञ्चयकर्ताको नाममा कम्पनीको शेयरमा नै उक्त रकम परिणत हुने निर्णय कोष सञ्चालक समितिको बैठकले यसअघि गरिसकेको छ । आव २०७३/७४ देखि हुँदै आएको कोषको नाफा रकमलाई आयोजनाम...

ढल्केबर सवस्टेशनको निर्माण कार्यतालिका अनुसार निर्माण गर्न कठिन

रमेश लम्साल काठमाडौं । देशको विद्युत् प्रसारणको ‘प्रमुख हव’का रुपमा रहेको ढल्केबर सवस्टेशनको निर्माण कार्य आगामी कात्तिकभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी), परामर्शदाता पावर ग्रिड इन्डियाले नेपालको आवश्यकता र बाध्यतालाई केन्द्रबिन्दुमा राखेर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने कार्यतालिका तय गरिएको हो । नेपाल विद्युत् प्राधिकरणले अगाडि सारेका सुधारका कार्ययोजनामा अवरोध उत्पन्न भएको र ढल्केबर सवस्टेशनको कामसमेत सम्पन्न नहुने हो भने आगामी हिउँदमा विद्युत्भार कटौती पुनः हुने हो कि भन्ने आशंका कायम रहेको बेला पछिल्लोपटक तय भएको कार्यतालिकाले नयाँ आशाको सञ्चार गरेको छ । धनुषाको ढक्केबरमा सवस्टेशन निर्माण गरिरहेका चिनियाँ ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड सिसिपिजीले १५ कात्तिकभित्रमा काम सक्ने प्रतिबद्धता जनाएको छ । हाल करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । बाँकी १० प्रतिशत कार्य सम्पन्न गराउन ऊर्जा मन्त्रालय र प्राधिकरणका तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोग गरिने प्रतिबद्धतासमेत ...

अधिकारसम्पन्न विद्युत् नियमन आयोग गठन हुँदै

रमेश लम्साल काठमाडौँ, २७ साउन । मुलुकको जलविद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारलाई नियमित र व्यवस्थित गर्न अधिकारसम्पन्न विद्युत् नियमन आयोग स्थापना हुने भएको छ । व्यवस्थापिका–संसद्ले आज ‘विद्युत् नियमन आयोग विधेयक, २०७३’ लाई सर्वसम्मतिले पारित गरेपछि त्यस्तो आयोग गठन हुने भएको हो । विद्युत् महसुल निर्धारण गर्न हाल गठन भएको आयोग गठन आदेशको भरमा स्थापना गर्ने गरिएको छ । नयाँ विधेयकले गरेको प्रावधानअनुसार अब गठन हुने आयोगको कार्यक्षेत्रसमेत बृहत् तथा कार्यकारी अधिकारसहितको हुनेछ । आयोग गठन भएपछि विद्युत्को गुणस्तर निर्धारण, विद्युत् महसुल दरको नियमन तथा विद्युत् उपभोक्ताको हक, हितको संरक्षण तथा प्रतिस्पर्धा कायम गरी नियमन गर्न सहज हुनेछ । आयोगमा एक अध्यक्ष र चारजना सदस्य रहनेछन् । अध्यक्ष तथा सदस्य अनुभवी तथा सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने र त्यसरी नियुक्त गर्दा संवैधानिक भावनाअनुरूप कम्तीमा एकजना महिलासहित समानुपातिक समावेशी सिद्धान्तको आधारमा नियुक्त गर्नुपर्ने छ । आयोग गठन भएपछि विद्युत् सेवासम्बन्धी ग्रिड संहिता जारी गर्ने, अनुगमन गर्ने, विद्युत् सेवाको सञ्चालन ...