अफेयरगन्ज १९ भाद्र, २०७२ लेनिन बञ्जाडे अफेयरगन्ज बिहान नउठ्दै प्रमिलाले फोन गरी । भनेको थिएँ– घरमा हुँदा कहिल्यै मोबाइलमा घण्टी नबजाउनू । मोबाइल मेरै सिरानीमुनि थियो, भाइब्रेसनमा । घण्टी बजेको सुनेर बूढीले उठाएको भए सिधै उचालेर पछार्थी । मोबाइलमा भाइब्रेसन र साइलेन्ट मोड यस्तै आपत्–विपतका आविष्कार थिए होलान्। साइलेन्ट मोड नहुँदो हो त कतिको उठिबास लागिसक्थ्यो होला! जुरुक्क उठेर बाहिर निस्किदै थिएँ, बूढीले सोधी, “कहाँ जान लाग्नुभो ?” भनें, “चियाको साह्रै तलतल भो, दूध ल्याउन जान्ला।” ऊ मुसुक्क हाँसेर भान्सातिर छिरी, म हतारहतार गेटबाहिर निस्किएर कलब्याक गरें। “घरमा हुँदा फोन नगर भनेको होइन ? कस्तो नबुझेको ?” उसले हेलो पनि भनिनसक्दै मैले हकारें, “बूढीले थाहा पाई भने मलाई पुर्छे !” मेरो कुरा सुनेर उसलाई जङ चलेछ । सधैं सुरिली लाग्ने प्रमिला एकाएक बम्किई। “बूढीको त्यस्तै डर हुने भए के खान लभ गर्दै हिँड्नपर्यो ? म पछि लाग्दै आकी हुँ र ?” उसले यसरी मलाई अहिलेसम्म हकारेकी थिइन । यसरी पात्तेर बोलेकी पनि थिइन । मलाई पनि झोक चल्यो । “धेरै निपुर निपुर नगर, को पछि लाग्यो र तिम्रो ? आफैं...
म पेशाले पत्रकार ।