–रमेश लम्साल काठमाडौँ, १४ वैशाख (रासस) राजनीतिक कार्यक्रम तथा आमसभाका लागि प्रसिद्ध स्थान खुलामञ्च पछिल्लो समय साघुरिँदै गएको छ । पुरानो बसपार्क सारेर खुलामञ्चको उत्तरपट्टि राखिएको छ । राजनीतिक आन्दोलन एवं सार्वजनिक सभाका लागि महत्वपूर्ण मानिएको सो स्थानमा पछिल्लो समय केही व्यापारीले कब्जा गरेका छन् । खुलामञ्चको अग्रस्थानमा भानु मावि पुनःनिर्माणका लागि निर्माण सामग्री थुपारिएको छ । यस्तै अस्थायी रुपमा बसपार्क बनाइएको स्थानमा अवैधरुपमा सटर निर्माण गरी बिक्री गरिएको छ । अवैधरुपमा सटर निर्माण गरी व्यापारीलाई भाडामा लगाइएको काठमाडौँको पुरानो बसपार्कको सटर तथा कबल आज डोजर लगाएर हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ महानगरपालिका, सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा खुलामञ्चमा निर्माण गरिएका सटर डोजर लगाएर हटाइएको हो । सार्वजनिक स्थानमा फरक प्रयोजनका लागि काम गर्न दिइएको भए पनि निर्माण व्यवसायीले अवैधरुपमा सटर निर्माण गरी प्रतिसटर रु १५ लाखसम्म लिएर व्यापारीलाई बिक्री गरिएको पाइएपछि स्थानीयवासी तथा सरोकार भएका व्यक्तिले तत्काल हटाउन आग्रह गर्दै आएका थिए । ...
म पेशाले पत्रकार ।