Skip to main content

Posts

Showing posts from September, 2017

चिनियाँ कम्पनीले वेवास्ता गर्दा ७५० मेगावाटको पश्चिम सेती अन्यौलमा

काठमाडौँ । १८ वर्षभन्दा बढी समय अष्ट्रेलियन कम्पनी स्मेकले होल्ड गरेको पश्चिम सेती जलविद्युत् आयोजना फेरि चिनियाँ कम्पनीको पासोमा फसेको छ । चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सिडब्ल्युइआईसँग सन् २०१२ मा समझदारी भएपछि हालसम्म कुनै पनि ठोस प्रगति हुन सकेको छैन । लामो समय नेपाल विद्युत् प्राधिकरण र लगानी बोर्डबीच आवश्यक समन्वय हुन नसक्दा रोकिएको आयोजना गत वर्ष संयुक्त कम्पनी खोल्ने सम्झौतामा हस्ताक्षर भएपछि केही अगाडि बढ्ला कि भन्ने आश पलाएको थियो । प्राधिकरण र सिडब्ल्युइआईका प्रतिनिधिबीच भएको सम्झौतालाई प्राधिकरणको सञ्चालक समितिको बैठकले पारित गरिसकेको छ । तर चिनियाँ पक्षले हालसम्म कुनै चासो देखाएको छैन । थ्री गर्जेजका नेपाली प्रतिनिधि प्रविन श्रेष्ठले थ्री गर्जेजको सञ्चालक समितिले अनुमोदन गरेको भन्ने सुनिएको र जानकारी आउने क्रममा रहेको बताए । थ्री गर्जेजले आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणले खरिद गर्नुपर्ने शर्त राखेको थियो । सो सर्तलाई प्राधिकरणले स्वीकार गरेको छ । त्यसैगरी, मुआब्जा वितरण, प्रभावितको व्यवस्थापन, तथा प्रसारण लाइन निर्माणको सन्दर्भमा राखेको शर्तलाई समेत...

प्राधिकरणका कर्मचारीले दुःख दिए ११५१ मा फोन गर्नुस्

भाद्र १६, २०७४- नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन । महसुल तिर्न गएका ग्राहकलाई प्राधिकरणका कर्मचारीले राम्रो व्यवहार नगर्ने प्रवृत्ति कायमै छ । त्यस्तो व्यवहार गर्नेलाई कारबाही नभएको अनुभव धेरैसँग छ । तर अबको केही दिनपछि तपार्इंको गुनासो सम्बोधन नगर्ने र नोलाइट शाखामा फोन नउठाउनेलाई उपभोक्ताले सिधै गुनासो गर्ने र कारबाहीको दायरामा ल्याउने संयन्त्र सञ्चालनमा आउने भएको छ । ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले निःशुल्क ११५१ टेलिफोन नम्बर सञ्चालनमा ल्याउन लागेको छ । प्राधिकरणका कर्मचारीले दुःख दिए, गुनासो सम्बोधन गरेनन् वा कुनै सेवा लिँदा घुस मागे भने तपार्इंले पैसा नलाग्ने सो नम्बरमा फोन गर्न सकिनेछ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन उक्त हटलाइन टेलिफोन नम्बर सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । नेपाल टेलिकमले प्राधिकरणका ग्र...